Community Update on Mamta Kafle’s Disappearance

इनेप्लिज २०८१ भदौ ३ गते १२:०० मा प्रकाशित

Today, we convened with key officials from the City of Manassas Park, including Mayor Jeanette Rishell, Police Chief Mario Lugo, City Manager Keith Nguyen, City Council Member Yesy Amaya, and Deputy City Manager Sarah Barnett, to receive a briefing on the ongoing investigation into the disappearance of Mamata Kafle. Also present at the meeting were Virginia State Delegate Michelle Maldonado, NRNA VA Chapter President Bishal Karki, Nepali American Community Center President Dr. Madan Uprety, Vice President Bina Lama, Board Member Prem Poudel, Former Congressional Candidate Adrian Pokhrel, and community activist Dr. Holly Wirth.

Following the discussion, we were reassured that the Police Department is dedicating all available resources to this investigation. A formal communication process was established to ensure ongoing collaboration between the authorities and our community.

The details of the meeting will be provided during a press briefing tomorrow at 6:30 PM, which will be broadcast live on the eNepalese Facebook page.

समुदायको तर्फबाट मनासस पार्क शहरका पदाधिकारीसंग भएको कुराकानी बारे संक्षेपमा जानकारी ।

आज हामीले समुदायको तर्फबाट मनासस पार्क शहरका मुख्य पदाधिकारीहरूः मेयर Jeanette Rishell, प्रहरी प्रमुख Mario Lugo, शहरका ब्यवस्थापन प्रमुख Keith Nguyen शहर परिषद सदस्य Yesy Amaya;  तथा नायव ब्यवस्थापन प्रमुख Sarah Barnett संग बैठक गरी ममता काफ्ले सम्पर्कहीन हुनु भएको घटना बारे भैरहेका अनुसन्धान गतिबिधि बारे जानकारी लियौँ । सो भेटघाटमा भर्जिनिया स्टेट डेलिगेट Michelle Maldonado, गैह्र आवासीय नेपाली संघ भर्जिनिया च्याप्टर अध्यक्ष विशाल कार्की, नेपाली अमेरिकन सामुदायिक केन्द्रका अध्यक्ष डा. मदन उप्रेती, उपाध्यक्ष बिना खड्का लामा, तथा सदस्य प्रेम पौडेल, भर्जिनिया संघीय चुनाव क्षेत्र १० का पूर्व उम्मेदवार एड्रिएन पोखरेल तथा सामुदायिक कार्यकर्ता Dr. Holly Wirth सहभागी थियौँ । 

छलफलको क्रममा प्रहरीले हामीलाई सम्पूर्ण श्रोतहरूको परिचालन गरी गहिरो अनुसन्धान भई रहेको भनी आश्वस्त गराएको छ । शहरका अधिकारीहरू र  समुदायबीच सूचना आदान प्रदान गर्न र खोजतलासमा सहकार्य गर्ने सम्बन्धी आधिकारिक प्रक्रिया बारे पनि कुरा भएको छ । 

सो बैठकमा भएका कुराकानी बारे बिस्तृतमा भोली साँझ ६ः३० मा eNepalese ,डिसी नेपाल लगायत अन्य संचार माध्यमबाट Facebook प्रत्यक्ष प्रशारण मार्फत समुदायलाई जानकारी गराउने छौँ ।

प्रतिक्रिया