बाल्टिमोरमा भएको गोलीकाण्डमा १ जनाको मृत्यु, ७ जना घाइते

इनेप्लिज २०८१ भदौ ३ गते ११:०४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको गोलीकाण्डमा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाल्टिमोरमा आइतबार राति गोलीकाण्डमा भएको हो ।

बेलुका ८ बजेपछि प्रहरी आइपुग्दा स्प्रिङ स्ट्रीट(गल्ली )को १३०० घर समूह (ब्लक)मा गोली चलेको घटनास्थलमा कैयौं हतियार फेला परेको बाल्टिमोरका प्रहरी आयुक्त रिचर्ड वर्लीले पत्रकार सम्मेलनमा बताए।

प्रमुखले आठ जनालाई गोली हानेको बताए । र, एक जनाको मृत्यु भएको वर्लीले भने।

मृत्यु हुनेको उमेर ३६ वर्ष रहेको प्रहरीले जनाएको छ । २२ देखि ४५ वर्षका एक महिला र ६ जना पुरुष घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भीर देखि स्थिर रहेको र सबैलाई स्थानीय अस्पतालमा लगिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया