शनिबार ,भाद्र १ २०८१ साल, तदनुसार अगस्त १७ २०२४का दिन मदनमणी दीक्षित सम्मान साँझ सम्पन्न भयो । स्रस्टा साँझ अमेरिका र मदनमाधवी अध्ययन अधिस्ठानको संयुक्त रूपमा आयोजना भएको सो कार्यक्रम नेपाली समय साँझ ७३० बजे र टेक्सास समय बिहान ८४५ बजे भएको थियो । कार्यक्रम मदनमणि दीक्षितका दिवंगत जेष्ठ सुपुत्र विनोदमणि दीक्षितकी धर्मपत्नी रीता अर्याल दीक्षितको अध्यक्षता भएको थियो । कार्यक्रममा पूर्वकुलपति प्राध्यापक गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।
अमेरिका ,क्यानडा र नेपालका साहित्यकारहरूको सहभागिता रहेको सो कार्यक्रममा बरिष्ठ साहित्यकार प्राध्यापक मोहन सिटौलाले स्वागत गर्नु भएको थियो । स्वागत मन्तव्य राख्दै श्री सिटौलाले २०२१ अगष्ट १४मा मदनमणि सम्मान साँझ गरेको कुरा सम्झनु भयो । २०२१मा भएको कार्यक्रममा मदनमणि दीक्षितको बारेमा सम्वोधन भएका कुराहरूलाई समेटी पुस्तक प्रकाशन गर्ने कुरा भएका थिए । सो कुरालाई मूर्तरूप प्रदान गर्न आफ्नै अध्यक्षतामा मदनमणि ग्रन्थ प्रकाशन समिति बनेको कुरा बताउनु भयो । समितिमा सचिव सुरेन उप्रेती, शंकर भारती, डाक्टर हरिप्रसाद सिलवाल, भगवती पौडेल ,र ईल्या भट्टराई रहेर काम भै रहेको कुरा जानकारी गराउनु भयो । कार्यक्रममा डाक्टर हरिप्रसाद सिलवालले मदनमणि दीक्षितका बारेमा विचार राख्दा पनि शब्दहरू तौलिएर, विचार पुर्याएर मात्र वोल्नुपर्ने हुन्छ । उहाँ एक बरिष्ठ साहित्यकार मात्र नभएर उहाँका जीवनमा बिभिन्न आयाममा प्रशिद्धि आर्जन गर्नु हुने दार्शनिक पनि हुनु हुन्छ ।
उहाँका कृतिहरूलाई र जीवनका बिभिन्न आयामहरूलाई समालोचना र अनुभूतिलाई समेटेर ग्रन्थ प्रकाशन गर्न लागिएको कुरा जानकारी गराउनु भयो । मदनमणि दीक्षितको बारेमा लेख्नु हुने लेखकहरूले आफ्ना अनुभूतिहरू यसै अगष्ट महिनामा लेख्नु भयो भने ग्रन्थमा समेटन सकिनेकुरा बताउनु भयो । कार्यक्रममा स्रस्टा साँझका अध्यक्ष प्रभात दीक्षितले मदनमणि दीक्षितसँगका बिविध क्षणहरूलाई स्मरण गर्नु भयो । आगामी दिनमा शशरिर कार्यक्रम गर्ने बारेमा सोच रहेको जानकारी पनि गराउनु भयो । आफ्नो प्रतिकूल स्वास्थमा पनि उपस्थित भएर मदनमाधवी अध्ययन अधिष्ठानका अध्यक्ष नगेन्द्रराज शर्माले कार्यक्रमलाई सम्वोधन गर्नु भयो । सबै विद्वतबर्गले मदनमणिको योगदानलाई सन्सार सामु पुर्याउन पहल गर्नु पर्ने कुरा बताउनु भयो । कार्यक्रममा मदनमणि दीक्षितका तेश्रो सन्तानका रूपमा जन्मनु भएका भूगर्भविज्ञानवेत्ता आमोदमणि दीक्षितले
आफ्ना वाल्यकालका स्मरणहरू सुनाउनु भयो । ती वाल्यकालका संस्मरणहरूले आफुलाई भावुक बनाएको कुरा राख्दै मदनमाधवी अध्ययन अधिष्ठानलाई परिवारमा मात्र सिमित नराखी नेपाल प्रज्ञाप्रतिष्ठान जस्तो संस्थाले कुनै बिधागत शाखाका रूपमा संचालन गर्नु पर्ने कुरा राख्नु भयो । उपस्थित साहित्यकारहरूलाई अधिष्ठानसंग एकाकार भएर बढ्नलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा उपप्राध्यापक डाक्टर गीता त्रिपाठीले मदनमणि दीक्षितका साहित्यिक कृतिहरूका बिविध पक्षहरूमाथि चर्चा गर्नु भयो । आफुले साहित्यकार मदनमणिको चर्चित उपन्यासको पर्यावरणिय पक्षमाथि लेख्नलाई साहित्यकार ईल्या भट्टराईले जुराई दिएको कुरा संस्मरण गर्नु भयो । मदनमणि जस्तो संस्कृत र नेपाली भाषाको विद्वानलेखकका बारेमा लेख्न र वोल्न सहज नहुने कुरा बताउनु भयो । अर्का वक्ता डाक्टर विदुला घिमिरेले मदनमणिका लेखनका बिविध पक्ष रवैशिष्ठताको बारेमा चर्चा गर्नु भयो । नारीहरू पात्रहरूलाई कसरी प्रतिस्थापन गर्नु भएको छ । यो धरतीको संरक्षण भएमात्र प्रकृतिका अन्य जीवात्माहरूको संरक्षण हुनेकुरा मदनमणिले कृतिमार्फत संचार गर्नु भएको छ भन्नु भयो । कार्यक्रममा वोल्दै साहित्यकार प्राध्यापक डाक्टर देवीप्रसाद सुवेदीले मदनमणिका बारेमा शशरिर भेलाबाट छलफल गरेर धेरै कामहरू गर्नु पर्ने कुरा बताउनु भयो । कार्यक्रमका प्रमुख अतीथि पूर्वकुलपति प्राध्यापक गंगाप्रसाद उप्रेतीले कार्यक्रमका सहभागीहरू र आयोजकहरूलाई धन्यवाद दिनु भयो । प्रवासमा रहेका व्यत्तीहरूले र संस्थाहरूले ग्रन्थ प्रकाशन गर्ने लागेको कुरा प्रशंसनिय छ । मदनमाधवी अध्ययन अधिष्ठानले पूर्व उपकुलपति मदनमणि दीक्षितका बारेमा अगाडि सारेका सत्कार्यहरूमा आफ्नो तर्फबाट सदैव सहयोग रहने कुरा बताउनु भयो । साहित्यिक पत्रकार संघ तथा शंकरलामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले २०३८सालमा विनोद दीक्षितसँगको बिराटनगरमा भएको भेट पछी मदनमणि दीक्षितसँग आफ्नो सामिप्यता रहेको बताउनु भयो । मदनमणि दीक्षितसँग भएका यात्राका विविध रोचक प्रसंगहरूलाई सुनाउनु भयो । कार्यक्रममा मदनमाधवी अध्ययन अधिष्ठानका बारेमा कोषाध्यक्ष जीवराज भट्टराईले प्रकाश पार्नु भयो । साहित्यकार विनोदमणि दीक्षितको महाप्रस्थानले संस्थालाई कठिन मोडमा पुर्याएको कुरा अवगत गराउनु भयो । कार्यक्रममा कथाकार तथा मदनमणि दीक्षितकी सुपुत्री ईल्या भट्टराई आफ्ना पितासँगका ती पलहरूलाई स्मरण गर्नु भयो । परिवारकी तेश्रो पुस्ताकी सदस्य प्रितिजा दीक्षित ज्ञवालीले हजुरबा सँगका वाल्यकालकापलहरू सम्झँदै भावुक बन्नुभयो । कार्यक्रममा साहित्यकार रामदेव पाण्डे अनेसास एशियाका उपाध्यक्ष सरिता अर्याल अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले पवन बुढाथोकी स्रस्टा साँझका महासचिव वैकुण्ठराज आचार्यले आआफ्ना विचारहरू राख्नु भएको थियो । नेपाल वालसंगठनका अध्यक्ष विध्या न्यौपाने मदनमणि दीक्षितका सुपुत्र प्रमोदमणि दीक्षित साहित्यकार डाक्टर रमेश शुभेच्छु अभानी दीक्षित अनिश दीक्षितको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्षता गर्नु हुने रीता अर्याल दीक्षितले आफुसंग बुबाहजुरका बारेमा धेरै यादहरू रहेको कुरा बताउनु भयो । कार्यक्रममा सहभागी सबैलाई धन्यवाद तथा आभार प्रकट गर्दै कार्यक्रमको अन्त्य भएको थियो । कार्यक्रमको संचालन स्रस्टा साँझ अमेरिकाका सुरेन उप्रेतीले गर्नु भएको थियो ।
प्रतिक्रिया