फुल झैँ फुलोस भन्छु जीवन कडा सरी बिझाउछ
ओठको हासो फुल्न नपाई आखाले रुझाउछ
कहिले कहाँ कहिले कहाँ कडा सरी बहनु पर्ने
जस्तै बज्र परे पनि छाती फुकाई सहनु पर्ने
कहिले हासो कहिले आसु पालो गरि गिज्याउछ
फुल झैँ फुलोस भन्छु जीवन कडा सरी बिझाउछ
दुख पर्दा रुनु पर्ने यहाँ खुशी हुदा हास्नु पर्ने
सयौ घुम्ती जंघार तर्दै रै’छ यहाँ बाच्नु पर्ने
सम्झौता रै’छ जीवन दुख्दा मन भिजाउछ
फुल झैँ फुलोस भन्छु जीवन कडा सरी बिझाउछ
प्रतिक्रिया