अमेरिकाको मेरिल्याण्ड राज्यमा कार (निजी सवारी साधन )दुर्घटनामा ३ बालबालिकाको अपहरणपछि १ वर्षीय बालकको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार बुबालाई छुरा प्रहार गरेको आरोप पनि लगाइएको छ। तीन जना भर्जिनिया बीच शहरबाट ३ जना बच्चाहरुको अपहरण बिहीबार बिहान एक कार दुर्घटना हुँदा सबैभन्दा कान्छोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भर्जिनिया राज्य प्रहरीले बुधवार राति एक घटनामा छुरा प्रहार भएकोमा प्रतिक्रिया दिंदै उनीहरूले त्यो “घरेलु-सम्बन्धित” विवाद भएको विश्वास गरेको बताए।
उक्त दुर्घटनामा दुई जना महिला ,एक वयस्क र एक किशोरलाई धेरै पटक छुरा प्रहार भएकोले अस्पताल लगिएको र हाल स्थिर अवस्थामा रहेका छन् ।
३६ बर्षिय संदिग्ध डाना प्लम्मरले दुई पीडितहरूलाई छुरा प्रहार गरेको र त्यसपछि आफ्ना छोराछोरीसहित घटनास्थलबाट भागेको विश्वास गरिएको प्रहरीले जानकारी दिए ।
ती तीन बालबालिकाको पहिचान भएको र तिनीहरुमा क्रमस ७ वर्षीय जेइन प्लमर, ५ वर्षीय जाइर प्लमर र १ वर्षीया जारियाह प्लमर भएको प्रहरीले जनाएको छ ।
बच्चाहरूको लागि बिहीबार बिहान एम्बर अलर्ट अर्थात् खतरनाक चेतावनी जारी गरिएको थियो भने पछि रद्द गरियो। बच्चाहरूको लागि बिहीबार बिहान जारी गरिएको थियो। भाग्ने क्रममा चालकले कारको नियन्त्रण गुमाए र दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बेपत्ता पारिएका तीन जना बालबालिका घटनास्थलमा भेटिएका छन् । १ वर्षीया बालिकालाई अस्पताल लगिएको थियो, तर पछि उनको चोटका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट प्लमरलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया