सिविएसले आयोजना गर्ने बहसमा रिपव्लिकनका भान्स र डेमोक्रयाटिकका वाल्ज उपराष्ट्रपतिको बहसमा सहभागी हुने सहमत

इनेप्लिज २०८१ साउन ३१ गते १६:४९ मा प्रकाशित

सिविएसन्यूजले आयोजना गर्ने बहसमा रिपव्लिकनका जेडी भान्स र डेमोक्रयाटिकका टिम वाल्ज बीच उपराष्ट्रपतिको बहसमा सहभागी हुने सहमत भएका छन्।

रिपब्लिकनका उप-राष्ट्रपति उम्मेदवारभान्स र उनको  डेमोक्र्याटिक समकक्षी वाल्ज बीच हुने बहसमा दुवैले  निमन्त्रणा स्वीकार गरेका छन्। 

तर सुरुमा वाल्जले बुधवार र भान्सले सिविएसको निमन्त्रणा स्विकार गरेका हुन्। दूबैको बहस अक्टोबर १ मा हुनेछ ।

भ्यान्सले सेप्टेम्बर १८ मा बहसको लागि सिएनएनको निमन्त्रणा स्वीकार गरेको लेख्दै थप उपराष्ट्रपतिको बहसको प्रस्ताव पनि राखेका थिए। 

प्रतिक्रिया