गाजामा मृत्यु हुनेको संख्या ४० हजार नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ८ मा युद्ध सुरु भएयता मृत्यु हुनेको संख्या ४०,००० नाघेको घोषणा गरेको छ । बिहीबार गाजाका अधिकारीहरूले उक्त द्वन्द्वमा कूल ४०,००० व्यक्तिको मृत्यु भएको बताए।
मन्त्रालयले मृतकमध्ये ११,००० भन्दा बढी महिला र १६,००० भन्दा बढी बालबालिका रहेको बताएको छ।
हमासले दक्षिणी इजरायलमा आश्चर्यजनक आतंककारी हमला गरेको भोलिपल्ट अक्टोबर ८ मा इजरायलले गाजामा आफ्नो युद्ध सुरु गरेको हो जसमा महिला र बालबालिका सहित करिब १२०० मानिस मारिएका छन् ।
प्रतिक्रिया