अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट बिगत १३ दिन देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्टलाई अझै फेला परेकी छैनन् । व्यापक रुपमा नेपाली समुदायहरु ममता खोजीमा लागेका छन् । १३ औ दिन सम्म यत्र तत्र सर्वत्र उनको खोजी भै रहेको छ भने अरु समुदायहरु पनि उनको खोजीमा सहभागिता जनाउन थालेका छन् ।
उनको समर्थन र खोज गर्न सामाजिक संजालमा व्यापक प्रचार भै रहेको छ । नेपाली समुदायका संचार माध्यम लगायत अमेरिकी मूलधारका संचार माध्यम वाशिंगटन पोष्ट , एबिसी७ ,एनबिसी ४ लगायत थुप्रै स्थानीय पत्रपत्रिकाले प्राथमिकताको साथमा ममता बेपत्ता भएको समाचारहरु निरन्तर प्रकाशित भै रहेका छन् । ममतालाई खोज्न र सुरक्षित र सकुशल रुपमा घर फर्काउन नेपाली समुदायले ऐक्यबद्धता जनाउदै भेला भै खोज तलास गर्न सबैलाई आह्वान गरेका छन् ।
गत अगस्त १२ का दिन मनासस स्थित नेपाली अमेरिकी सामुदायिक केन्द्र(न्याक)को प्रांगणमा ममतालाई सुरक्षित र सकुशल रुपमा घर फर्क भन्दै भेलाको आयोजना गरिएको थियो ।
आज अगस्त १३ का दिन ममताको अनुसन्धान गरि रहेको मनासस पार्क प्रहरी चौकी अगाडी शान्तिपूर्वक भेलाको आयोजना गरिएको थियो । उक्त भेला चौकी अगाडी नै भेला भएका नेपाली समुदाय लगायतले ऐक्यबद्धता जनाएका छन् । सहभागीहरुले ममताको बारेमा बिभिन्न प्रचार सामग्री (ब्यानर)बोक्दै प्रहरी चौकीलाई दबाबको साथै शीघ्र खोज गर्न आह्वान गरे ।
पुन भोली अगस्त १४ बुधबारका दिन दिउसो ३ बजे फेरी शान्तिपूर्ण भेलाको आयोजना राखिएको स्वास्थ्य परिचारिका तथा यो अभियानकै सक्रिय समाजसेवी बिनाखड्कालामाले सूचना दिएकी छिन् । र ,सबैलाई समुदायको एकता देखाउन आग्रह गरेकी छिन् ।
साथै जब सम्म ममतालाई भेटिदैन दैनिक रुपमा प्रहरी विभागलाई दबाव दिन र छिटो भन्दा छिटो ममतालाई पत्ता लगाउन भेलाको आयोजना गरिने भएको छ । आज अगस्त १३ का दिन थुप्रै नेपाली तथा बिदेशी समुदायले समर्थन जनाउदै सहभागिता जनाएका छन् ।
यो अभियानको पहल गर्ने मध्येकै एक स्वास्थ्य परिचारिका (नर्स)तथा ममताकी पूर्व संगै काम गरेकी स्वास्थ्य परिचारिका सुनिता बस्नेत आज भएको प्रहरी चौकी अगाडी शान्तिपूर्ण भेलामा सहभागिता जनाएकी थिइन् । बस्नेतका अनुसार आज धेरै स्वास्थ्य पेशाका ज्यादा सहभागिता भएको बताइन । उनले संचार माध्यमलाई समेत अन्तर्वार्ता दिएकी छिन् ।
चौकी बाहिर जम्मा भएका सहभागीहरुले सबैलाई ममतालाई खोज्न आग्रह गरेका छन् । साथै बेपत्ता भएकी ममताको छिटो खोजी होस् भन्दै आह्वान गरिएको छ । बस्नेत र अर्की उनकी साथै नादिया प्रहरी चौकी भित्र कार्यालयका अधिकारीसँग सोध खोज गर्दा अधिकारीले कुराहरु भन्न नमिल्ने भनेको उनले बताइन ।
ममताको अनुसन्धानका जिम्मेवारी लिएका अधिकारी सँग पनि भेट गर्न चाहना राख्दा भेट नदिएको उनले भनिन । साथै ममताका परिवार तथा साथीभाईहरुले प्रहरीहरुलाई दिएका सूचनाहरु प्राप्त गरेको या नगरेको बारेमा समेत जिज्ञाशा राख्दा भन्न नमिल्ने भनि अधिकारीले जवाफ दिएको बताईन ।
समुदायले ममताको खोज गर्न मिल्छ कि मिल्दैन भन्दा ,हामी सिफारिस गर्दैनौ तर त्यो समुदायले खोजी गर्दा हामीले केही भन्न नमिल्ने मनासस पार्क प्रहरी चौकीका प्रतिनिधिले सुनिता बस्नेतलाई बताए ।
साथै उक्त भेलामा मनासस निवासी तथा अमेरिका नेपाल सह्योगी समाजका ” बोर्ड अफ ट्रस्टिका अध्यक्ष ” केदार तिम्सिनाले सबै समुदाय तथा संघ/संस्थालाई १३ दिनसम्म भेट्न नसकिएकोले एकता देखाउन र यस्ता भेलामा सहभागिता जनाउन अपिल गरेका छन् ।
ममता काफ्ले गत अगस्त १ देखि हराई रहेकी छिन्। लेट्स स्पिक अप फर ममता काफ्ले भट्ट(lets Speak Up For Mamta Kafle Bhatta )भन्ने सामाजिक संजाल समूह निर्माण गरिएको छ । ममता बेपत्ता भए देखि यसै समूह मार्फत सबैले आआफ्ना कुराहरु राखी रहेका छन् ।
गत अगस्त १२ का दिन भर्जिनिया राज्यको मनासस शहरको वरपर रहेका शहरहरुमा नेपाली समुदायको पहलमा बिभिन्न क्षेत्रहरुलाई बिभिन्न समूहमा छुट्याई स्वयमसेवक रुपमा बिभिन्न शहरमा उनि हराएको पोष्टर (पर्चा)हरु टासिएको छ । यो क्रम जारी रहेको छ ।
Peaceful gathering in front of Manassas park police station.
It is to show community’s solidarity and love for Mamta. Date – Tomorrow, August 14 Time – 3 pm Address – Manassas park police station. 329 Manassas Dr. manassas park VA 20111
प्रतिक्रिया