रजनी (कन्चन) मल्ल
एकनाश सित त्रसित बातावरणको सिर्जना गर्दै नदी बेगसित माटो बालुवा काठका टुक्राहरू सोहोर्दै बगिरहेको छ। मानिसहरु डरले साथै आफ्नो मिहेनत गरि बनाएका घर जग्गाहरु त् कसैका परिवारका सदस्य नै बगाएका ले बिचलित देखिन्थे। कोहि कराई रहेका, कोहि रोइरहेका त कोहि शक परेर बोल्न नसकी टोलाएर निरन्तर बगिरहेको नदीलाई हेरिरहेका देखिन्थे भने कोहि पत्रकारहरुसंग आफ्नो पिडा पोखिरहेका देखिन्थे।
यतिकैमा त्यो निर्दयी बाढी पहिरोको बीच संघर्ष गरिरहेको एउटा निरिह मुक प्राणी यौटा गाई घरि घरि त्यो माथितिरको मानिसहरुको भिडलाई बिबश आँखाले हेरिरहेको हृदय विदारक दृश्यले ध्यान आकर्षित गर्दछ। त्यो गाई हिलाम्मे भएर नदीको बेग संग संगै आफ्नो ज्यान जोगाउन संघर्ष गरिरहेको देखिन्छ तर तिनलाई बाडेको नाम्लोले तिनलाई स्वतन्त्र सित बग्न मा रोकिरहेको थियो। त्यो नाम्लोले तिनलाई सजिलै संग हलचल गर्नमा रोकिरहेको थियो। माटो बालुवाको मिश्रण ले पुरै ढाकिएको त्यो मुक निरिह प्राणी घरि घरि त्यो माथितिर अतालिएका मानिसहरुको भिडलाई बिबश, अनि त्रसित अनि पिडादायक आँखाहरुले हेर्थ्यो तिनलाई मद्धत गर्ला कि भनि। तर तिनको त्यो रुवाई, डर अनि पीडालाई देख्नेहरुले पनि बिबश भै हेरिरहेकै थिए। कोहि फोटो त् कोहि भिडियो खिच्नमै ब्यस्त देखिन्थे।
त्यो नाम्लोले नबाधिएको भए आफ्नो ज्यान बचाउन सक्दो प्रयास गर्थे होला। माटो मिसिएको पानीको बेगले तिनलाई कहिले दुबाउन्थ्यो त कहिले माथि देखा पर्थ्यो। बिचरा त्यो प्राणीलाई के थाहा त्यो माथितिरको मानिसको भिड भित्र पनि सबैलाई आफ्नो ज्यानको माया लाग्छ र उनीहरु पनि त्रसित छन त्यो निर्दयी बाढीको बेग देखि भनेर। यतिकैमै त्यो प्राणीको ठुलो शरीरलाई त्यो बाढीले पल्ताइदिञ्छ। अनि त्यो नाम्लो नै चुदालिएर कता कता बगाइदिञ्छ। न त् तिनी मानिस झैँ चिच्याएर गुहार नै माग्न सक्छ न त् आफ्नो पिडा देखाउन नै सक्छ। यतिकै मा त्यो ठुलो शरीर त्यो नदीको बेगसंगसंगै बिलाइदिञ्छ कताकता ।
त्यो पिडादायक दृश्यले घरि घरि पिडा दिन आइरहन्छ। तिनलाई पनि यौटा घर जग्गा झैँ निर्जीव सम्पत्ति झैँ गरि गणना गरिन्छ होला किनकी तिनले पनि तिनलाई पाल्ने परिवारको आर्थिक बिकाशमा मधत पुर्याइरहेकै होलान्। तर तिनको मालिकको तिनसँग एक परिवारको सदस्यको रुपमा भाबनात्मक सम्बध त् पक्कै पनि हुन्छ होला।
माथि तिरको गाउबाट बगाउदै ल्याएको त्यो मुक प्राणी आफुलाई बचाउने प्रयास गर्दा गर्दै पनि केहि नलागेर त्यो जोडसंग आएको बाढी संगसंगै ठाउँ ठाउँ मा ढुंगा मुढा हरु संग ठोक्किदै ठोक्किदै लड्दै पड्दै तलतिरको गाउतिर बग्दै जान्छ। सबैले सोचेका होलान् त्यो निरिह मुक प्राणीलाई बाढीले बगायो अब उ मरिसक्यो होला भनेर तर दैबको लिला अपरम्पार छ भन्छन नि !
तलतिरको गाउमा केहि युवाहरु खोलामा बगेको बाढीको बेगलाई एकनाश संग हेरिरहेका हुन्छन त् कोहि मोबाइल बाट भिडियो खिचिराखेका हुन्छ। बाढीको बेग संगसंगै बगिरहेको दृश्यलाईआफ्नो मोबाइलमा कैद गर्ने क्रममा एउटा निरिह बिबश प्राणी गाई जिबन मरण संग संघर्ष गर्दै बगिरहेको दर्दनाक दृश्यलाई कैद गर्न पुग्छ। त्यतिकैमा एक युवा आफ्नो ज्यान नै दाउमा राखेर हुत्तिएर त्यो प्राणीलाई बचाउन बाढीको बेगमा हाम फाल्छ र अरु युवाहरुसंग पनि सहयोग माग्छ। सबै मिलेर जसो तसो गरि त्यो प्राणीलाई पाखा लगाउछ।
भाग्यबस त्यो मुक प्राणी पनि बाचेकै हुन्छ र त्यसलाई त्यहि गाउको पशु सम्बन्धि चिकित्सककहाँ लगेर शरीरभरी लागेको चोटपटकको उपचार गराउछ अनि त्यो गाईको मालिकलाई बुझाउछ। त्यो आश मारिसकेको गाईलाई पाउदा त्यो गाईको मालिकका आँखाहरुबाट खुशीको आशु बहन्छ। अनि ति युवाहरुलाई धन्यवादको साथै धेरै धेरै आशिर्वाद दिन्छ पनि। त्यतिमात्रै कहाँ हो र त्यो प्राणीले पनि उनीहरुलाई हेरेर टाउको झुकाएर धन्यवाद दिन्छ। अनि ति युवाहरुले पनि खुशी हुदै आनन्दको अनि सन्तोषको सास फेर्छ।
तर जे होस् मानवता हराउदै गएको अपराधहरु बढ्दै गएको यस लोकमा अर्काको ज्यान लिने दानब हरु मात्रै होइन आफ्नो ज्यान नै जोखिममा राखेर अर्काको ज्यान जोगाउने मानब हरु पनि छन् भन्ने एक उदाहरण हो यो।
हो यदि कसैले कुनैपनि सहयोगको खाचो भएको प्राणीलाई देखावटी रुपमा नभएर हृदय देखि नै आफ्नो मनसायले आफुले सक्दो मद्धत गर्छ भने त्यो नै मानवता हो। त्यति मात्रै कहाँ हो र यदि मानबले मानबलाई मात्र मद्धत गर्नु मानबता नभएर कुनै पनि प्राणीलाई चाहे त्यो पशु पन्छी नै किन नहोस् उनीहरुलाई पनि आवश्यक पर्दा मद्त गर्नु मानबताको कर्तब्य हो।
त्यसैले अझै पनि हाम्रो लोकमा मानवता भन्ने कुरा नाशिदै गए भन्ने कुरा सुनिए पनि पूर्ण रुपमा नाशिएको छैन, जीवित नै छ। त्यसलाई हामी सबैले सकभर जोगाई राख्नुपर्छ भन्ने कुरामा दुई मत नहोला।
प्रतिक्रिया