पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उपराष्ट्रपति कमला ह्यारिस बीच सेप्टेम्बर १० मा एबीसीन्यूजले आयोजना गर्ने राष्ट्रपतीय बहसमा सहभागी हुने कुरामा सहमत भएका छन् ।
बिहीबार फ्लोरिडाको आफ्नो मारा लागो भवनबाट बोल्दै ट्रम्पले ह्यारिससँग बहस गर्न आफू तत्पर रहेको र आफू सहमत भएको बताए।
ह्यारिसले सेप्टेम्बर १० हुने बहसमा उनको सहभागिता पुष्टि गरिन ।
सिएनएनका अनुसार उनी अर्को महिनामा हुने बहसमा छलफल गर्न “खुसी” भएको बताइन । ट्रम्पले पहिले फक्स न्यूज बहसमा भाग लिन राजी भइनन भने उनी बहस नगर्ने भनेका थिए ।
प्रतिक्रिया