अमेरिकाको मनाससबाट ८ दिन देखि हराई रहेकी नेपाली मूलकी स्वास्थ्य परिचारिका ममता काफ्ले भट्ट बारे स्थानीय प्रहरी चौकीद्वारा सहयोग गर्न आह्वान

इनेप्लिज २०८१ साउन २४ गते २२:४० मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट बिगत ८ दिन देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्टको बारेमा भर्जिनिया राज्यको मनासस शहर स्थित मनासस पार्क प्रहरीले सूचना जारी गर्दै समुदायलाई उनि हराएको बारेमा सहयोगको लागि अपिल गरेको छ ।

आज अगस्त ८ बिहिवारका दिन करिव ३ घण्टा अगाडी सूचना जारी गरेको छ । उनि बेपत्ता भए पछि नेपाली समुदायले उक्त प्रहरी चौकीलाई उनका नजिकका आफन्त ,साथीभाई ,संगै काम गर्ने स्वास्थ्य परिचारिका तथा सामाजिक अभियन्ताहरुले अवगत गराए पछि आज सूचना जारी गरेको छ ।

मनासस पार्क प्रहरीले सामाजिक संजाल मार्फत जारि गरेको सूचनामा उनि जुलाई ३१ ,२०२४ सम्म अन्तिम पटक मनासस पार्क शहरमा देखिएको उल्लेख गरेको छ ।

साथै मनासस पार्क प्रहरीले २८ उनको हुलियाको उल्लेख गर्दै उनि २८ बर्षिय भएको जनाएको छ । र ,उक्त सूचनामा ५ फिट उचाई भएकी ममता १३२ पाउण्ड तौल भएको र कालो कपाल र गाडा खैरो आँखा भएको जानकारी दिएको छ ।

साथै प्रहरी चौकीले उक्त सूचनामा लामो समय बेपत्ता भएका कारण ममता अनैच्छिक परिस्थितिमा बेपत्ता भएको मानिन्छ भनि लेखेको छ।

मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीमा सर्वसाधारणलाई सहयोगको लागि आग्रह गरेको छ। जानकारी भएका जो कोहीलाई ७०३-३६१-११३६ मा मनासस पार्क प्रहरीलाई सम्पर्क गर्न भनिएको छ।

प्रतिक्रिया