नर्थ क्यारोलाइनाका एक व्यक्तिलाई श्रीमतीको हत्या गरी छोराछोरीलाई आँखाको थोपामा विष हालेको आरोप

इनेप्लिज २०८१ साउन २४ गते ११:३१ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइना राज्यका एक व्यक्तिलाई श्रीमतीको हत्या गरी छोराछोरीलाई आँखाको थोपामा विष हालेको आरोप लगाईएको छ ।

हिरासतमा रहेका जोशुआ ली हन्सकरको कबुलियत (बन्ड )मंगलबार खारेज गरियो र उनी हिरासतमा फर्किएका छन्।

आँखाको थोपा अर्थात् आइड्रपको माध्यमद्वारा श्रीमतीलाई विष खुवाएको आरोप लागेका श्रीमानमाथि नयाँ थप आरोप लागेको छ ।

उक्त व्यक्तिले आफ्नी श्रीमतीलाई आँखाको ड्रप(औषधिको आँखाको थोपा)को साथ विषाक्त गरेको आरोपमा अब उनीहरूको ११ वर्षीया छोरीलाई उही पदार्थले विष दिने प्रयास गरेको आरोप लगाइएको छ ।

अदालतका कागजातहरू अनुसार।जसको परिणामस्वरूप छोरीलाईन अस्पतालमा भर्ना गरिएको छ । जोशुआ ली हन्सकरलाई गत मंगलबार मुद्दा लगाइएको छ । अभियोजकहरूले आफ्नो एक बच्चालाई दुर्व्यवहार र बेवास्ता गर्ने, बच्चालाई बेवास्ता गर्ने र उनको हत्याको मुद्दामा साक्षीहरूलाई धम्की दिएकोको कारण उनको कबुलियत खारेज गर्न आग्रह गरेका थिए ।

४० वर्षीय हन्सकरले आफ्नी श्रीमतीको हत्या गरेको एक वर्षपछि तत्कालीन १० वर्षीया छोरीलाई समेत आँखामा विष लगाएको आरोप लागेको छ । उनले आफ्नो बच्चाको पेय पदार्थमा आँखाको थोपा हालेका थिए । उक्त पदार्थ उनीहरुको पिसाबको नमूनामा फेला परेको अदालतको कागजातमा उल्लेख गरिएको छ।

अदालतका कागजातहरूका अनुसार अन्वेषकहरूले हन्सकरको गाडीमा औषधि फेला पारेका थिए। १० वर्षीया बालिका न्यून रक्तचाप, कम मुटुको धड्कन, अत्यधिक थकान र निद्राबाट पीडित भएकी छिन । रगतका नसाहरू साँघुरिएर उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

अभियोजकहरूले आफ्नी श्रीमतीको हत्या मुद्दामा साक्षी रहेका जोन र सुसी रोबिन्सनलाई फसाउने प्रयासमा हन्सकरले आफ्नी छोरीलाई विष दिएका थिए। अदालतका कागजातहरूका अनुसार उनलाई गत सोमबार चारवटा धम्की र न्यायमा अवरोध गरेको चारवटा मुद्दामा अभियोग लगाइएको थियो।

प्रतिक्रिया