बर्लिनमा ४ जना वृद्ध बिरामीको हत्या गरेको आरोपमा चिकित्सक पक्राउ परेका छन् ।
बर्लिनमा चार वृद्ध बिरामीको हत्या गरेको र उनीहरूको घरमा आगो लगाएर प्रमाण लुकाउन खोजेको आरोपमा एक चिकित्सकलाई पक्राउ गरिएको अधिकारीहरूले बुधबार बताएका छन।
३९ वर्षीय चिकित्सकलाई सम्भावित अभियोगको लागि मंगलबार हिरासतमा रहन आदेश दिइएको प्रहरी र अभियोजनकर्ताहरूले एक विज्ञप्तिमा बताएका छन्।
उनको नाम जर्मनीको गोपनीयता नियम अनुसार जारी गरिएको छैन्।
उनलाई जुन र जुलाईमा नर्सिङ सेवाको हेरचाहमा रहेका चार बिरामीहरूलाई मारेको आरोप लगाइएको छ ।
जुन ११ मा पहिलो घटनामा घटनास्थलमा आइपुगेका अग्निनियन्त्रकहरूले पीडित८७ वर्षीया महिलालाई जीवित पार्न सफल भए तर केही समयपछि अस्पतालमा उनको मृत्यु भयो।
जुलाई ८ मा अन्वेषकहरूका अनुसार संदिग्धले एक ७६ वर्षीया महिलाको हत्या गरेको जनाएका छन्।
जुलाई १५ र २४ मा ७२ र ९४ वर्षका थप दुई महिलाको मृत्यु भएको थियो।
उनलाई ज्यान मारेको र तीन वटा आगजनी गरेको आरोपमा पक्राउ गरिएको छ ।
प्रतिक्रिया