बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडिन, सेनाले अन्तरिम सरकार गठन गर्ने , भारत गाजियावाद हवाई अड्डामा हसिना ओर्लिइन

इनेप्लिज २०८१ साउन २१ गते १८:४३ मा प्रकाशित

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले रोजगारी कोटाको विरोधमा सुरु भएको प्रदर्शन र उनको राजिनामाको माग गर्दै आन्दोलनमा परिणत भएपछि सयौं व्यक्तिको मृत्यु भएपछि सोमबार राजीनामा दिएर देश छाडेकी छिन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशका सेना प्रमुख जनरल वकेर-उज-जमानले हसिनाले राजीनामा दिएको र आफूले अन्तरिम सरकार गठन गरिरहेको बताए। त्यसपछि सोमबार हसिना भारतको गाजियाबादको हवाईअड्डामा अवतरण गरेको सिविएसन्यूजले जनाएको छ ।

उल्लासपूर्ण भीड राष्ट्रपति निवासको भव्य मैदानमा प्रवेश गरी लुटपाट गरेका छन्। उनिहरुले दूरदर्शन( टिभी) र फर्निचरहरु समेत लुटपाट गर्दै लगेको सामाजिक सॅजालमा देखिएको रोयटर्सले जनाएको छ ।

ढाकामा अन्यत्र, प्रदर्शनकारीहरू हसिनाका बुबा, राज्य संस्थापक शेख मुजिबुर रहमानको मूर्तिमाथि चढे र बञ्चरोले टाउकोमा हानी तोडेका छन्।

प्रतिक्रिया