महिला जिम्न्यास्टिकको व्यक्तिगत अलराउन्ड(चौतर्फी)मा अमेरिकी सिमोन बाइल्सलाई पुन स्वर्ण पदक

इनेप्लिज २०८१ साउन १७ गते २३:५७ मा प्रकाशित

पेरिसमा बिहीबार भएको महिला जिम्न्यास्टिक(बाहुव्यायाम)को व्यक्तिगत अलराउन्ड(चौतर्फी)मा सिमोन बाइल्सले स्वर्ण पदक जितेकी छिन् । त्यस्तै अमेरिकाकी सन्नी लीले कास्य पदक जितेकी छिन् ।

संयुक्त राज्य अमेरिकाले एउटै मन्चमा दुई पदक जितेको यो तेस्रो पटक हो र लगातार छैटौं पटक टोली अमेरिकाले स्वर्ण जितेको छ।

ब्राजिलकी रेबेका एन्ड्राडेले रजत जितेकी छन् ।

“तीन वर्ष पहिले मैले कहिल्यै सोचेको थिइन कि म फेरि जिम्न्यास्टिक म्याट(बाहुव्यायाम सुकुल )मा पाइला टेक्छु,” बाइल्सले प्रतियोगिता पछि भनिन् । “मैले सबै देवताहरूलाई पुन: ध्यान केन्द्रित गर्न र प्रतियोगिता समाप्त गर्न कोशिस गरिरहेको थिएँ,” उनले खेलको संघर्ष पछि भनिन् ।

प्रतियोगितामा उनले १३.७३३ अङ्क बटुल्न सफल भईन ।

प्रतिक्रिया