अमेरिकी इतिहासकै महान् महिला पौडीबाज केटी लेडेकीलाई ओलम्पिकमा स्वर्ण पदक प्राप्त भएको छ । साथै उनले ओलम्पिक कीर्तिमान बनाउन सफल भएकी छिन् ।
केटी लेडेकीले १,५०० मिटरको फ्रिस्टाइल(जुनसुकै तरीकाले खेल्न पाइने पौडी )मा स्वर्ण पदक जितेकी छिन् । बुधबार राति उनले ओलम्पिकमा स्वर्ण जितेकी हुन् ।
लेडेकीले १५:३०:०२ मा दौड पुरा गरिन । उनले गत शनिबार ४०० फ्रिस्टाइलमा जितेकी कांस्य पदकसँगै यो खेलमा उनको पहिलो स्वर्ण पदक हो।
उनले अब चार वटा ओलम्पिक खेलहरूमा १२ वटा पदकहरू जितिसकेकी छिन् । २७ वर्षीया लेडेकी आफ्नो व्यावसायिक जीवनयात्रामा १,५०० मा उनि अपराजित छिन् ।
प्रतिक्रिया