अध्यावधिक गरिएको : बेलायतमा छुरा प्रहारबाट थप एक बालिका सहित ३ जनाको मृत्यु, ९ जना घाइते

इनेप्लिज २०८१ साउन १५ गते १६:५९ मा प्रकाशित

अध्यावधिक गरिएको : बेलायतमा छुरा प्रहारबाट थप एक बालिका सहित ३ जनाको मृत्यु भएको छ ।

बेलायतमा नृत्य र योग कक्षामा निर्मम छुरा प्रहारबाट तेस्रो बालिकाको मृत्यु भएकोमा सामाजिक सॅजाल मार्फत सहानुभूती  व्यक्त गरिएको छ। 

अन्य पाँच बालबालिका र दुई वयस्क गम्भीर अवस्थामा अस्पतालमा भर्ना छन्।

मर्सीसाइड प्रहरीले मंगलबार आक्रमणको एक दिन पछि क्षेत्रीय अस्पतालमा ९ वर्षीया बालिकाको मृत्यु भएको पुष्टि गरेको छ ।

उत्तरपश्चिम इङ्गल्याण्डको तटीय सहर साउथपोर्टमा सोमबार भएको आक्रमणमा ६ र ७ वर्षका दुई अन्य बालिकाको मृत्यु भएको थियो।

हत्या प्रयासको आशंकामा एक १७ बर्षिय पुरुषलाई पक्राउ गरिएको छ  । आक्रमण पछि चक्कु बरामद गरिएको प्रहरीले गत सोमबार बताएको छ ।

प्रतिक्रिया