अमेरिकाको भर्जिनियामा कार ज्याकिङ अर्थात् जबर्जस्ती गाडी लुट्ने क्रममा महिलाको मृत्यु भएको एनबिसीवाशिंगटनले जनाएको छ ।
मेरिल्याण्डको सिल्भर स्प्रिङकी एउटी महिलाको भर्जिनियाको स्टर्लिङ शहरमा रहेको एक पसल बाहिर गाडी अडान क्षेत्र (सपिङ सेन्टरको पार्किङ स्थल)मा कसैले उनको कार (सवारी साधन ) चोर्दा उनको ज्यान गएको छ ।
भर्जिनियाको स्टर्लिङमा आइतवार ४ सन्तानकी आमा र आठ सन्तान हजुरआमाको एक पसल बाहिर कसैले उनको गाडी चोरी गरेपछि उनि मारिएकी प्रहरी अधिकारीहरूले बताएका छन्।
५४ वर्षीया मेलोडी वाल्डेकर भर्खरै स्टर्लिङ स्थित इन्धन चौकी ( सेभेन-इलेभेन)मा पुगेकी थिइन् । त्यसै बेलामा उनको गाडी किया सोरेन्टो कसैले जबर्जस्ती लगेको देखे पछि रोक्न खोजे पछि उनको ज्यान गएको उनका परिवारका सदस्यहरूले बताए ।
वाल्डेकरलाई गम्भीर चोट लागेको थियो। लाउडन काउन्टी शेरिफको कार्यालयले उनको मृत्यु कसरी भयो भन्ने बारेमा ठ्याक्कै बताएको छैन।
घटनास्थलका प्रत्यक्षदर्शीहरूले उनलाई गाडीबाट बाहिर निकालिएको हुनसक्ने बताएका छन्। न्यूज४ का अनुसार शेरिफको कार्यालयले एक संदिग्धलाई पक्राउ गरिएको बताएको छ, तर तिनीहरूले अझै पनि नाम वा थप जानकारी सार्वजनिक गरेका छैनन्।
आफ्नी बिरामी आमालाई भेट्न गएको केही समयपछि वाल्डेकरको हत्या भएको परिवारका सदस्यले न्यूज ४ लाई बताए ।
प्रतिक्रिया