मेरिल्याण्डको एक बिशालबजार भित्र रहेको फलफूल पाइने क्षेत्रमा गोली चल्दा १ जनाको मृत्यु भएको छ ।
मेरिल्याण्डको प्रहरीले बाल्टिमोर र वासिङ्टनको उपनगरमा रहेको सपिङ मल ( बिशाल बजार )भित्र गोली चल्दा एक जनाको मृत्यु भएको जनाएको छ ।
गत शनिबार गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ । मेरील्याण्ड राज्यको कोलम्बिया बिशाल बजार (मल)को फलफूल पाइने क्षेत्रमा बेलुका ६:१० बजे बन्दुक चलेको भन्दै अधिकारीहरूलाई खबर गरिएको थियो ।
प्रहरी अधिकारीहरूले कोलम्बियाका १७ वर्षीय एन्जेलो लिटललाई बन्दुकको गोली लागेर मृत अवस्थामा फेला पारेको हावर्ड काउन्टी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार संदिग्धले गोलाबारी पछि बिशाल बजार (मल )छोडेकोले जासूसहरूले पीडितलाई लक्षित गरेको विश्वास गरेका छन् । अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन् ।
अधिकारीहरूले व्यवस्थित ढंगले मानिसहरूलाई बाहिर निकाले र ९ बजे राती बजेसम्म पूर्ण रूपमा खाली गरिएको शनिबार प्रहरीले जनाएको छ ।
प्रतिक्रिया