मेरिल्याण्डको एनइसिसीमा दोश्रो बसुन्धरा ब्रत साधना आयोजना गरिने

इनेप्लिज २०८१ साउन ७ गते २२:१६ मा प्रकाशित

मेरिल्याण्डको जर्मनटाउन शहर स्थित एनइसिसीमा दोश्रो बसुन्धरा ब्रत साधना आयोजना गरिने भएको छ । उक्त कार्यक्रम अमेरिका नेपाल परम्परागत बौद्ध धर्म संघले आयोजना गर्ने छ भने एनइसिसीसँगको सहकार्य रहने छ ।

कार्यक्रम आगामी सेप्टेम्बर २१, २०२४ शनिबारका दिन बिहान ८ बजे देखि १ बजे कार्यक्रम गरिनेछ । आयोजकका अनुसार दर्ता शुल्क ३५ डलर प्रति व्यक्ति तथा जोडीलाई ६० डलर राखिएको छ । केही पूजा सामग्री र प्रसाद समेत समावेश गरिने छ ।

यस कार्यक्रमलाई सयुक्त रुपमा एनपीपीए तथा क्लासिक डायमण्डले सह-आयोजना गरेको छ । यो पहिलो पटक सन् २०२१ सेप्टेम्बरमा गरिएको थियो । साथै मण्डप पूजामा नाम उल्लेख /समावेश गर्ने शुल्क २५ डलर रहेको छ ।

यस बिषयमा थप जानकारीको लागि प्रज्ञा ताम्राकार ,प्रविन ताम्राकार तथा यज्ञमान शाक्यसँग समपर्क गर्न सकिनेछ ।

प्रतिक्रिया