ओलम्पिक अघि पेरिसमा गस्तीमा रहेका फ्रान्सेली सैनिक माथि छुरा प्रहार

इनेप्लिज २०८१ साउन १ गते ११:३१ मा प्रकाशित

ओलम्पिक अघि पेरिसमा गस्तीमा रहेका फ्रान्सेली सैनिकलाई छुरा प्रहार गरिएको छ ।

सिपाहीलाई अस्पतालमा भर्ना गरिएको छ भने उनि हाल खतरामुक्त रहेको अधिकारीहरूले बताए । प्रहरीका अनुसार घटनाको उद्देश्य आतंकवादको रूपमा आशंका नगरिएको एनबिसीन्यूजले उल्लेख गरको छ ।

पेरिसको प्रमुख रेलगाडी चौकी (स्टेसन )बाहिर गस्तीमा रहेका बेला गत सोमबार छुरा प्रहार भएपछि एक फ्रान्सेली सैनिकलाई अस्पताल भर्ना गरिएको छ ।

पेरिसका अधिकारीहरूका अनुसार आक्रमणमा कम्तिमा एक जना संदिग्धलाई पक्राउ गरिएको छ। अहिलेसम्म अज्ञात सिपाहीलाई काँधमा चोट लागेको छ ।

आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले सामाजिक संजाल एक्समा सैनिक पूर्वी पेरिसको गारे डे एल’एस्ट रेल स्टेशन(रेलगाडी चौकी)मा गस्ती गरिरहेको बेला आक्रमण भएको बताए ।

कङ्गो गणतन्त्रमा जन्मेका संदिग्ध व्यक्तिले सिपाहीलाई आक्रमण गर्दा “भगवान महान हुनुहुन्छ” भनेर चिच्याएको अनुसन्धानसँग परिचित एक प्रहरी स्रोतले एनबीसी न्यूजलाई बताए। उक्त क्षेत्रमा गस्ती गरिरहेका अन्य सैन्य सदस्यहरूले उनलाई तुरुन्तै प्रकाउ गरेका थिए।

घटनाको अनुसन्धान अझै जारी रहेको राष्ट्रिय प्रतिआतंकवाद अभियोजकको कार्यालयले बताएको छ ।

प्रतिक्रिया