बाग्लुङ सेवा समाज अमेरिका द्वारा रक्तदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०८१ असार २४ गते २२:३५ मा प्रकाशित

जुलाई /७/२०२४ आइतबारको दिन न्युयोर्कको ज्याक्सन हाइट मा बाग्लुङ सेवा समाज अमेरिकाले न्यूयोर्क ब्लड सेन्टरको प्राबिधिक सहयोगमा रक्तदान (BLOOD DRIVE) कार्यक्रम सम्पन्न गरेको छ ।“ रक्त दाननै जीवनदान भन्ने मूल नाराको साथ् बिहान ११.०० बजे देखि बेलुका ५ बजे सम्म संचालन भएको उक्त रक्तदान कार्यक्रमा क्विन्समा बसोबास गर्ने नेपालि दाजुभाइ दिदिबहिनि लगायत अन्य रक्तदाता सबै गरि ३४ जनाले त्यहाँ उपस्थित भई रक्तदान गर्नु भएको थियो र सो कार्यक्रम संयोजनको भूमिकामा संस्थाको कोषाध्यक्ष शंकर पौडेल गर्नु भएको थियो र कार्यक्रमलाइ सफल बनाउनमा सस्थाको प्रतिनितिहरु खटेर लाग्नु भएको र रक्तदान गर्नु भएका रक्तदाताहरु सम्पूर्णलाई प्रमाण पत्र उपलब्ध गराइएको जानाकारी समाजका महासचिव कृष्ण राज सुवेदीले जानकारी गराउनु भयो । रक्तदान कार्यक्रममा सहभागीहरु साथै कार्यक्रममा सहयोग गर्नु हुने स्वयंसेवक लाई संस्थाको सह- कोषाध्यक्ष तथा मोमो क्याफे सन्चालक हरि बहादुर घर्ति पुनले खाजा तथा जुस उपलब्ध गराउनु भएको र बलेवा समाज अमेरिकाले कार्यक्रममा महत्वपूर्ण स्वयंसेवक भुमीका खेलेको बाग्लुङ सेवा समाज अमेरिकाका सभापति सकस जि सी ले जानाकारी गराउनु भयो ।

बाग्लुङ सेवा समाज अमेरिकाले हरेक बर्ष ३ बटा रक्तदान गर्दै आयको र निरन्तर रहने जानकारी समाजकी महिला सहयोजक चमेली परिवारले जानकारी दिनु भयो।बाग्लुङ सेवा समाज अमेरिकाले अमेरिकामा रहेका नेपालीहरुमाझ सांस्कृतिक र सामाजिक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया