लिजाको अर्को पसल भर्जिनियाको मनाससमा खुल्दै ,साउन महिना र तीजका लागि बिशेष छुटको व्यवस्था गरिने

इनेप्लिज २०८१ असार २० गते १६:०४ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनासस क्षेत्रमा स्थापित लिजा ब्युटी एण्ड फेशन हब नामक पसलले अर्को पसल भर्जिनियाको मनाससमा खोल्ने भएको छ ।

आगामी जुलाई २१ का दिन मनासस शहरको सेन्टरभिल मार्गमा खोलिने छ । लिजा ब्युटी एण्ड फेशन हबले साउन महिना र तीजका लागि बिशेष छुटको व्यवस्था गरिने जनाएको छ ।

साथै अन्य बिशेष छुट र अन्य बिषयमा जानकारी लिएर आउने पसलका संचालक गोपाल चौधरीले ईनेप्लिजलाई बताए । सदैव ग्राहकको सन्तुष्टि र नेपाली समुदायको मागलाई ध्यानमा राख्दै थुप्रै सामानहरु बिक्रीको लागि राखिने भएकोले सबै नेपाली समुदायलाई एक पटक पसलमा आउन आग्रह गरिएको छ ।

जुलाई २१ को बिहान १० बजे देखि राती ८ बजे सम्म पसल खुला रहने छ । बिस्तृत जानकारी लिन 571 244 8389 या 571 241 7551 मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया