दर्शक स्रोताको मन जित्दै अशोक अर्याल र रचना रिमालको “नाच नाच” (भिडियो सहित) 

इनेप्लिज २०८१ असार १२ गते ०:०० मा प्रकाशित

अमेरिका- अमेरिकामा बस्दै आएका गायक अशोक अर्यालले नेपाली सांगीतिक जगतकी चर्चित गायिका रचना रिमाल र गायकको आफ्नै स्वरमा नयाँ सांगीतिक कोसेली ‘नाच नाच’ को म्युजिक भिडियो विश्व सांगीतिक बजारमा ल्याएका छन्। गायक अर्यालकै शब्द र संगीत रहेको उक्त गीतको संगीत संयोजन केशब बडूले गरेका छन्। प्रिस्म रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिंग र मास्टरिङ्ग श्यामस्वेत रसाईलीले गरेका छन्।

गायक अर्याल र चर्चित अभिनेत्री करिश्मा ढकालको अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक रामजी लामिछानेले निर्देशन गरेका छन् । ख्यातिप्राप्त छायाँकार दुर्गा पौडेल छायांकन गरेको उक्त भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन्। प्रतिमा अर्यालको लगानी रहेको ‘नाच नाच’ को बजार व्यवस्थापन सलीना म्युजिक प्रा. लि. ले गरेको छ ।

उक्त गीतको म्युजिक भिडियो गायक अर्यालको आफ्नै युट्युब च्यानल ‘अशोका इन्टरटेनमेन्ट’ मार्फत सांगीतिक बजारमा ल्याएका छन भने यसको अडियो गीत एप्पल म्युजिक, आईटीऊन ,स्पटीफाई , एमाजोन, फेसबुक , टिकटक लगायत सम्पूर्ण अडियो प्लेटफर्महरुमा उपलब्ध छ ।

गीत बजारमा आएको ३ दिनमा नै यसले निकै धेरै दर्शक स्रोताको साथ पाएको छ। गीत सुन्दा नै नाचौं नाचौं लाग्ने “नाच नाच” को सांगीतिक सफलताको लागि हाम्रो तर्फबाट हार्दिक शुभकामना।

म्युजिक भिडियो:

प्रतिक्रिया