अध्यावधिक गरिएको : बन्दुकधारीहरूले रुसको दागेस्तानमा पूजास्थलहरूमा आक्रमण गर्दा प्रहरी, पुजारी र सर्वसाधारण सहित १९ जनाको मृत्यु भएको छ ।
बन्दुकधारीहरूले प्रहरी, पुजारी र सर्वसाधारणको हत्या गरेका छन् ।
बन्दुकधारीहरूले गत आइतवार रूसको दक्षिणी दागेस्तान प्रान्तका दुई शहरहरूमा पूजा गर्ने ठाउँहरूमा गोली चलाउँदा कम्तिमा १५ जना प्रहरी अधिकारी र पादरी सहित चार सर्वसाधारणको मृत्यु भएको छ ।
दागेस्तान गणतन्त्रका प्रमुख सर्गेई मेलिकोभले डर्बेन्ट र क्षेत्रीय राजधानी मखाचकला शहरहरूमा गिर्जाघर, सभाघर( यहुदीहरुको सभागृह) र प्रहरी चौकीहरूमा भएको आक्रमणमा कम्तीमा छ “आतंकवादी” पनि मारिएको बताए। ।
आक्रमणहरू उत्तर काकेशसको दागेस्तान गणतन्त्रमा भएका थिए। क्यास्पियन सागरमा रहेको मुसलमान बहुल क्षेत्र जसमा पृथकतावादी र आतंकवादी हिंसाको इतिहास रहेको सिएनएनले जनाएको छ ।
श्रब्यदृश्य (भिडियो) र तस्बिरहरूले डर्बेन्टको एक सभाघरबाट ठूलो आगो र धुवाँको मुस्लो निस्किरहेको देखिन्छ भने मखाचकलाको भवनको झ्यालबाट खिचेका तस्बिरहरुले कालो पहिरन लगाएका अज्ञात व्यक्तिहरूले सडकमा प्रहरीको गाडीमा गोली हानेको देखाउँदछ।
कुनै पनि समूहले अहिलेसम्म आक्रमणहरूको जिम्मेवारी लिएको छैन । जुन आइएसआइएस सम्बद्ध आइएसआइएस -के ले मस्कोको क्रोकस सिटी हल( नगर सभाकक्ष)मा हमला गरेको तीन महिना पछि यो घटना आएको छ ।
जसमा रुसको सबैभन्दा घातक आतंकवादी अत्याचारमा १४० भन्दा बढीको ज्यान गएको थियो। रूसी प्रहरीहरुले गत आइतबार सरकारी समाचार सँस्था टासलाई दागेस्तानमा बन्दुकधारीहरू “अन्तर्राष्ट्रिय आतंकवादी संगठनका अनुयायीहरू” भएको बताए।
आक्रमणमा चार सर्वसाधारणको मृत्यु भएको रुसको अनुसन्धान समितिले सोमबार मृत्यु हुनेको संख्या १९ पुगेको बताएको छ ।
घातक गोलाबारीपछि दागेस्तानमा तीन दिनको शोक घोषणा गरिएको छ । राज्यको झण्डा आधा झुकाइएको छ । टासका अनुसार पीडित परिवारलाई आर्थिक सहयोग पनि दिइनेछ
प्रतिक्रिया