लेबनानबाट इजरायलतर्फ कम्तिमा ५० वटा क्षेप्यास्त्र प्रहार

इनेप्लिज २०८१ असार १ गते ११:४१ मा प्रकाशित

गत शुक्रबार लेबनानबाट इजरायलतर्फ कम्तिमा ५० वटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको इजरायली रक्षा बल(आइडिएफ)ले जनाएको छ ।

लेबनानसँगको इजरायलको उत्तरी सीमामा स्थिति तनावपूर्ण रहेको एबिसीन्यूजले उल्लेख गरेको छ ।

दक्षिणी लेबनानको एक गाउँमा गत बिहीबार अबेर राति एउटा घरमा भएको हवाई हमलामा दुई महिलाको मृत्यु भएको र कम्तिमा २० जना घाइते भएको लेबनानी नागरिक रक्षाले एक विज्ञप्तिमा जनाएको छ ।

शुक्रबार बिहानदेखि लेबनानबाट इजरायलतर्फ कम्तीमा ५० वटा क्षेप्यास्त्रहरु प्रक्षेपण गरिएको इजरायली रक्षा बलले जनाएको छ। धेरै क्षेप्यास्त्रहरू रोकिएको आइडिएफले जनाएको छ ।

प्रक्षेपणको परिणाम स्वरूप आगलागी समेत भएको छ । हजबुल्लाहले शुक्रबार इजरायली स्थल हरूमा नौ आक्रमणको जिम्मेवारी लिएको वक्तब्यमा जनाएको छ ।

प्रतिक्रिया