शिकागोको लागि उडानमा आकस्मिक बिरामी परे पछि ८ वर्षीया बालिकाको मृत्यु

इनेप्लिज २०८१ जेठ ३२ गते ११:०४ मा प्रकाशित

अमेरिकाको इलोनोइ राज्यको बिश्व प्रशिद्ध शिकागोको लागि उडानमा आकस्मिक बिरामी परे पछि ८ वर्षीया बालिकाको मृत्यु भएको एबिसीन्यूजले जनाएको छ ।

बच्चा अचानक बिरामी भइन र उडानमा अनुत्तरदायी(बेहोस) भएको अधिकारीहरूले बताए ।

गत बिहीबार बिहान शिकागोको उडानमा सवार एक ८ वर्षीया बालिकाको चिकित्सा ( मेडिकल )आपतकालिन अवस्थाको सामना गरेपछि मृत्यु भएको प्रहरीले जनाए । इलिनोइको पियोरियामा अवतरण गर्न पुन: ल्याइएको अधिकारीहरूले भने।

बच्चालाई स्थानीय अस्पतालमा लगिएको जहाँ उनलाई मृत घोषित गरिएको थियो। आपतकालीन कर्मचारीहरूले जीवन बचाउने उपायहरू प्रदर्शन गरे पनि, पियोरिया काउन्टी मृत्यु समीक्षक कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।

कोरोनरको मृत्यु समीक्षक कार्यालयका अनुसार मृत्यु भएकी बालिका कार्ल जंक्शन मिजौरीकी ८ वर्षीया सिड्नी वेस्टन भएकी जनाएको छ । आफ्नो परिवारसँग छुट्टीमा यात्रा गरिरहेको बेला उनी “अचानक बिरामी भइन् र त्यसपछि उडानमा अनुत्तरदायी भइन ।”

“उनको परिवारले तुरुन्तै उनको अवस्थाको बारेमा उडान कर्मचारीहरूलाई सूचित गर्यो, र तिनीहरूले द्रुत रूपमा सहायता प्रदान गर्न थाले,” मृत्यु समीक्षकको कार्यालयले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

जब विमानले पियोरियामा आपतकालीन अवतरण गर्‍यो, “उनी स्वास फेरिरहेका थिइनन् र नाडी पनि चलि रहेको थिएन,” । वेस्टनलाई बिहान ८:०५ बजे पियोरियाको अस्पतालमा मृत घोषणा गरिएको थियो । बालिकाको शव परीक्षण शुक्रबार हुने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया