सीमा तनाव बढ्दै जाँदा लेबनानबाट इजरायलमा १ सय ७० वटा प्रक्षेपास्त्र प्रहार

इनेप्लिज २०८१ जेठ ३० गते ११:२५ मा प्रकाशित

सीमा तनाव बढ्दै जाँदा लेबनानबाट इजरायलमा १ सय ७० प्रक्षेपास्त्र (रकेट ) प्रहार भएको छ ।

इजरायलको उत्तरी सिमानामा तनाव फेरि भड्किएको सिएनएनले जनाएको छ । इजरायलको सेनाले लेबनानबाट बुधबार १७० वटा भन्दा बढी प्रक्षेपास्त्र (रकेट)हरू प्रहार गरेको जनाएको छ ।

इजरायल रक्षा बलले अहिले सम्म कुनै पनि चोटपटक भएको जनाएको छैन भने सीमा नजिकका शहरहरूमा चेतावनी स्वरुप खतराको घन्टी (साइरन )बजाई रहेको छ ।

लेबनानी लडाकु समूह हजबुल्लाहले गाजामा प्यालेस्टाइनी जनताको समर्थनमा र दक्षिणी लेबनानको जुया गाउँमा इजरायली आक्रमणको प्रतिक्रियामा रहेको बताएको छ। एक वरिष्ठ हेजबुल्लाह सेनापति र तीन लडाकुहरूलाई इजरायली सेनाले मारेको बदलामा प्रक्षेपास्त्र प्रहार गरेको हो । आईडिएफका अनुसार इजरायली युद्धबिमानहरूले दक्षिणी लेबनानको हानिन क्षेत्रमा क्षेत्रमा उग्रवादी पूर्वाधार स्थलहरुमा क्षेप्यास्त्रहरु प्रहार गरेको जनाएको छ ।

प्रतिक्रिया