जुन १०,२०२४
कोलोराडो, अमेरीका
कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरको आगामी कार्यकालकालागी नव निर्वाचित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरूको सपथ तथा पदभार ग्रहण समारेहमा सहभागी भइदिनुहुन सबैलाइ अनुरोध गरिएको छ ।
संस्थाको हालै सम्पन्न कार्यसमितिको बैठकले यही जुन २२ तारिक शनिबार दिउसो २ बजे देखी ५ बजे सम्म संस्थाको आफ्नै भवन नेपाली संस्कृतिक केन्द्र नेपाली घरमा नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाइ पदभार हस्तान्तरण गर्ने निर्णय भए अनुसार कार्यक्रम गर्न लागिएको हो ।
संस्थामा आजिवन , परिवार, ब्यक्तिगत, बिध्यार्थी र मानार्थ गरी झण्डै ६ सय सदस्यहरू आबद्ध रहेको छन् । संस्थाको कार्यक्रममा सहभागी हुन सबै सदस्य, संघ संस्थाका प्रतिनीघी बुद्धीजिवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपाली भाषी बुबा आमा, दाजुभाई, दिदी बहिनी तथा नेपाली घर प्रती सद्भाव राख्ने सबैलाई उपस्थित भइ नव निर्वाचित समितीलाइ हौसला बढाइ दिइ कार्यक्रमलाई भब्य र सब्य तरिकाबाट सफल बनाउन सहयोग गरिदिन हुन अध्यक्ष जगदिशचन्द्र ढकालले अनुरोध गरेका छन् ।
डा संगीता क्षत्रिको संयोजकत्वमा भुषणलाल श्रेष्ठ र कपिलदेव सुबेदी सदस्य रहेको तीन सदस्सिय निर्वाचन समितीले आगामी २ बर्षे कार्यकालका लागी नया कार्यसमितीका पदाधिकारीहरू र बोर्ड सदस्य हरुको निर्वाचन प्रकृया सम्पन्न गरेको थियो ।
यसरी निर्वाचित हुने पदाधिकारीहरुमा अध्यक्ष बसन्त लम्साल,उपाध्यक्षहरुमा गंगा चौलागाइ, कृष्ण काफ्ले, सुनीता थापा, महासचिव भोला कटुवाल, कोषाध्यक्ष राजु खनाल, पब्लिक रिलेसन अफिसर शैलेन्द्र श्रेष्ठ, कम्युनिकेशन अफिसर अनिल बुढाथोकी, कल्चर तथा ईभेन्ट अफिसरमा दिनेशकुमार कार्की, रिसोर्स तथा फेसीलीटी अफिसर पुस्कर बस्नेत र टेक्नोलोजी अफिसर आदित्य चौलागाइ रहेका छन् । त्यसैगरी बोर्डअफ डिरेक्टरहरुमा, दिनेश थापा, पुर्णिमा बिष्ट, बिष्टनारायण श्रेष्ठ, बिभा निरौला, जीत घिमीरे, संगीता डांगी खत्री, श्याम पन्त, चन्द्रकान्त अधिकारी, सृष्टी उप्रेती र बम कुवर रहेका छन् ।
पत्रकार/लेखक
प्रतिक्रिया