नरेन्द्र मोदी तेस्रोपटक भारतको प्रधानमन्त्रीमा नियुक्त

बेद प्रसाद घिमिरे २०८१ जेठ २६ गते ९:१८ मा प्रकाशित

शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले मोदीलाई मन्त्रिपरिषद्को गठन गर्न अनुमति दिनुभएको छ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका अन्य सदस्यको शपथ जुन ९ आइतबार साँझ ७: १५ बजे राष्ट्रपति भवनमा हुने जनाएको छ।

यसअघि हिजै मोदीले राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) को तर्फबाट सरकार गठनको दाबी पेश गर्नु भएको थियो। उहाँलाई हिजो एनडीएले संसदीय दलको नेता चयन गरेको थियो । भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनमा १३ दल रहेका छन् र यस निर्वाचनमा २९३ सिटमा जित हासिल भएको थियो।

प्रतिक्रिया