अमेरिकी तट रक्षकहरुले ६३ मिलियन डलर बराबरको कोकिन जफत गरेका छन् ।
यूएस कोस्ट गार्ड( अमेरिकी तट रक्षक)हरुले समुद्रमा गोलाबारी पछि लागुऔषध तस्करीको शंकास्पद डुङ्गा र चालक दललाई डुबाए पछि ६३ मिलियन डलरको कोकिन कब्जा गरेको छ ।
गत बिहीबार फ्लोरिडाको एक बन्दरगाहमा ६२ मिलियन डलर भन्दा बढी मूल्यको ४,८०० पाउन्ड भन्दा बढी कोकिन कब्जा गरेको बताएको छ ।
दुई दिन पछि अधिकारीहरूले क्यारेबियन सागरमा लागूपदार्थ तस्करी भएको शंकास्पद द्रुतरुपमा चलेको डुगामा गोली हाने पछि डुगा डुबेको थियो ।
बिहीबार कब्जा गरिएको कोकिन भेनेजुएलाको पोर्टो काबेलोको तटमा दुईवटा कारवाही पछि सफल हात लागेको हो।
यो कारवाही शाही नेदरल्याण्ड्स नौसेना गस्ती डुङ्गाद्वारा सञ्चालन गरिएको थियो ।
कोकिन बरामदको घोषणाको दुई दिन पछि अधिकारीहरूले डच नौसेना जहाज र अमेरिकी तट रक्षकहरुले क्यारेबियन सागरमा “अन्तर्राष्ट्रिय पानीमा लागूऔषध तस्करी गरेको शंकास्पद जहाज पहिचान गरेको अधिकारीहरूले बिहीबार एक समाचार विज्ञप्तिमा भने ।
सिविएसन्यूजका अनुसार डुगामा आगो लागे पछि र डुबेको थियो । र , तीन संदिग्ध तस्करहरू पानीमुनि नै बेपत्ता भएको अमेरिका तट रक्षकले बताए ।
प्रतिक्रिया