भारतले नेपाल ,श्रीलंका र बंगलादेश लगायतका आफ्ना छिमेकी देशका नेताहरूलाई सप्ताहन्तमा प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा आमन्त्रित गर्ने सम्भावना रहेको यस विषयमा परिचित व्यक्तिहरूले एनडिटिभीलाई बुधबार बताए । प्रधानमन्त्री मोदीले जुन ८ मा सपथ लिने सम्भावना रहेको एनडिटिभीले जनाएको छ ।
भारतीय जनता पार्टी(दल)को नेतृत्वमा रहेको नेसनल डेमोक्र्याटिक एलायन्स (राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन -एनडीए) ले लोकसभा चुनावमा २९३ सिट(स्थान) जितेर ऐतिहासिक लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको रूपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न प्रधानमन्त्री मोदी तयार रहेका छन्।
प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा आमन्त्रित हुने विदेशी नेताहरूमा बंगलादेश, श्रीलंका, भुटान, नेपाल र मरिससका शीर्ष नेताहरू पनि हुने सम्भावना रहेको माथि उल्लेख गरिएका व्यक्तिहरूले बताएका छन्।
श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेको कार्यालयको संचार बिभाग (मिडिया डिभिजन)ले प्रधानमन्त्री मोदीलाई सपथ ग्रहण समारोहमा निम्तो दिएको बताएको छ । विक्रमासिङ्घेले निमन्त्रणा स्वीकार गरेको बताइएको छ ।
यो भनिएको छ कि विक्रमासिंघेले दूरवार्ता (फोन कल)मा प्रधानमन्त्री मोदीलाई चुनावी जीतको लागि बधाई दिए।
प्रधानमन्त्री मोदीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग पनि दूरवार्ता (फोन )गरेका थिए । दूरवार्ता (फोन)मा प्रधानमन्त्री मोदीले हसिनालाई आफ्नो सपथ ग्रहण समारोहमा उपस्थित हुन निमन्त्रणा दिए र उनले स्वीकार गरेको कूटनीतिक स्रोतहरूले बताएका छन् ।
मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई आमन्त्रण गरिने जनाईएको छ । प्रधानमन्त्री मोदीले प्रचण्डसँग छुट्टाछुट्टै दूरवार्ता (टेलिफोन) वार्ता गरेका छन् । औपचारिक निमन्त्रणा बिहीबार पठाउने तयारी गरिएको श्रोतका एक व्यक्तिले भने।
क्षेत्रीय समूह सार्क (क्षेत्रीय सहयोगका लागि दक्षिण एसियाली संघ) देशका नेताहरू प्रधानमन्त्री मोदीको पहिलो सपथ ग्रहण समारोहमा उपस्थित थिए ।
२०१९ मा मोदी लगातार दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि बिमस्टेक देशका नेताहरूले उनको सपथ ग्रहण समारोहमा भाग लिएका थिए।
चुनावमा भाजपाले आफ्नै बलमा बहुमत ल्याउन नसके पनि पार्टी नेतृत्वको गठबन्धनले ५४३ मध्ये २९३ सिट जितेको छ। तल्लो सदनमा बहुमतको लागि सङ्ख्या २७२ मात्र चाहिन्छ ।
प्रतिक्रिया