अमेरिकाको राजधानी वाशिंगटन डिसीमा संदिग्धले गाडी चोरी गरे पछि वृद्ध महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
संदिग्ध व्यक्तिले यात्रु भएको गाडी चोरी गरे पछि उक्त गाडी डिसीको एक भवनमा ठोक्किएको थियो ।
सोमबार दिउँसो वाशिंगटन अस्पताल केन्द्रमा जबर्जस्ती सवारी साधन लुटपाट (कारज्याकिङ)को सूचना प्रहरीलाई दिइएको थियो । प्रहरीका अनुसार चोरी गर्दा वृद्ध पीडित गाडीको अगाडिको सिटमा फेला परेकी थिइन् ।
चालकले गाडी छोडे पछि शंकास्पद व्यक्तिले गाडी चोरी गरेको प्रहरीलाई खबर गरिएको थियो । चालकले आफ्नो वृद्ध अभिभावक गाडी मै हुँदा चोरी भएको प्रहरीलाई सूचना दिएका थिए।
केही समय पछि गस्तीमा रहेका एक प्रहरी अधिकारीले डीसी यूएस एटर्नी ( सरकारी अधिवक्ता)को कार्यालय मुख्य शहर नजिकै एउटा भवनमा गाडी दुर्घटना भएको फेला परेका थिए । महिला संदिग्ध घटनास्थलबाट भाग्न खोजिन तर प्रहरी अधिकारीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
वृद्ध पीडित महिला अचेत अवस्थामा फेला परेकी थिइन् । पछि उनलाई मृत घोषित गरिएको अधिकारीहरूले बताए । प्रहरीले आरोपका सम्बन्धमा अमेरिकी वकिलको कार्यालयसँग परामर्श गरिरहेको बताएको छ । घटनाको अनुसन्धान जारी छ ।
एबिसीन्यूजका अनुसार गाडी लुटपाट गर्ने संदिग्ध महिलाको नाम भने खुलाइएको छैन ।
प्रतिक्रिया