स्मार्ट मानिस

बाबा राजेश्वरी थापा भियना, अष्ट्रिया २०८१ जेठ १९ गते ९:४३ मा प्रकाशित

छोरी पारिलो घाम जस्तै
बुहारी चन्द्रमाको दाग जस्तै
आमा धर्तीकै उत्कृष्ट प्राणी
तर सासु रामायणकी कैकेयी॥

सम्बन्धको मापन सामाजिक संजाल रे
खुशीको नाप त्यहांको फोटो र भिडीयो रे
एकछिन स्मार्ट फोन नचले ठुलो छटपट
तर आफ्नाको आवाज नसुन्दा हुदैन पश्चाताप॥

पृथ्वी र प्रकृती त उस्तै छ
परिवर्तन त मानव भएको छ
आफ्नालाई दुख्दा ओहो ऐय्या
अरुलाई दुख्दा त्यति पनि छ्या॥

हिजो घरमा मीठो खाना पाक्थ्यो
परिवारसंगै बसेर खान
आज घरमा परिकार पाक्छ
सामाजिक सॅजालमा पोस्ट गर्न॥

प्रतिक्रिया