इंग्ल्याण्डमा एक घोडसवार प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्रममा लडेर बेलायती महिला घोडा सवारको मृत्यु

इनेप्लिज २०८१ जेठ १५ गते ०:४५ मा प्रकाशित

इंग्ल्याण्डमा एक घोडसवार प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्रममा लडेर बेलायती महिला घोडा सवारको मृत्यु भएको छ ।

बेलायती घोड सवार जर्जी क्याम्पबेलको प्रतिस्पर्धा गर्ने क्रममा लडेर मृत्यु भएको सिबिएसन्यूजले जनाएको छ ।

जर्जी क्याम्पबेल गत आइतबार डेभन, इङ्गल्याण्डमा बिक्टन इन्टरनेशनल हर्स ट्रायल( अन्तर्राष्ट्रिय घोडा प्रतियोगिता) मा प्रतिस्पर्धा गर्ने क्रममा ढलेकी थिइन् उनी ३७ वर्षकी थिइन् ।

चिकित्साहरूले उनि खसेपछि तुरुन्तै उपचार गरे तर दुर्भाग्यवश, उनलाई बचाउन सकिएन,” आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ग्लोबल क्वेस्ट नामक घोडालाई प्रतियोगिता स्थलमा पशु चिकित्सकहरू द्वारा मूल्याङ्कन गरिएको थियो । घोडा आफ्नो बस्ने घरमा कुनै चोटपटक नलागि फर्कियो।

“यस अत्यन्त कठिन र दुखद समयमा परिवारको गोपनीयताको सम्मान गर्न, थप विवरणहरू साझा (शेयर )गरिने छैन,” आयोजक ब्रिटिश इभेन्टिङले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

क्याम्पबेलले आफ्नो जीवनकाल (क्यारियर)मा २०० भन्दा बढी घटनाहरूमा प्रतिस्पर्धा गरिसकेकी थिइन् र छ पटक जितेकी थिइन् ।

क्याम्पबेलको मृत्यु फ्लोरिडामा घोड सवारी प्रतियोगिताको क्रममा घोडा ठोक्किएर लडेर १५ वर्षीया युवतीको मृत्यु भएको एक वर्ष पछि आएको हो।

प्रतिक्रिया