अमेरिकामा सैयोको संख्यामा पहिलो सांगीतिक लोक भिडियो

इनेप्लिज २०८१ जेठ १४ गते १:३१ मा प्रकाशित

नेपालमा प्रत्येक दिन कैयौको संख्यामा नेपालि भिडियो छायाँकन भई नै रहेका हुन्छन् किनकि यसैलाई नै व्यावसायिक रुपमा लिई आफ्नो जीविकोपार्जन गर्ने कैयौ कलाकार प्रविधिकहरु प्रसस्त देख्न पाईन्छ ।

हाल व्यावसायिक रुपमा जीविकोपार्जन गर्न केहि सहज भएता पनि बिभिन्न कारणले कलाकार बिस्तापित हुने ,बिदेशिने पनि हाम्रो समाजमा प्रसस्तै देख्न सकिन्छ । बिभिन्न मुलुकलाई आफ्नो कर्म भुमि बनाई रहेका चर्चित, वरिष्ठ भनिएका यस्ता कलाकारहरु पनि त्यस्ता भुमिमा बिभिन्न कारणले आफ्नो सिप र सिर्जनालाई चटक्कौ छोडेर पुनः नया काममा लाग्नु परेको यथार्थ पनि हामी माझ प्रसस्तै छ ।

तर कर्मभुमिमा पनि आफ्नो कर्मलाई निरन्तर दिई रहेका गिन्तिमा पर्ने मध्य बहुप्रतिभाका धनि बहुचर्चित लेखक निर्देशक बिकास घले गुरुड पनि एक हुन् । उनि सपरिवार अमेरिकाको पेन्सेलभेनियामा बस्दै आईरहेका छन् । नृत्य ,तेक्वान्दो कक्षा सन्चालन संगसंगै चलचित्र, साङ्गितिक भिडियो निर्माण गरिरहेका छन् ।

यसै क्रममा गत शनिबार मे २७ मा उनले “रोधी घर “ नामक एक सांगीतिक भिडियोको छायाँकन सम्पन्न गरेका छन । जसमा स्वयम बिकास घले गुरुडकै लेखन निर्देशन रहेको छ भने यसलई अमेरिकाकै व्यस्त छायांकनकार पवन गौतमले छायांकन गरेका छन् । यसमा सोनम गुरुङ र दीपक गुरुङले स्वर दिएका छन् ।

नायिका रन्जिता गुरुङलाई बिकास घले गुरुङ लगायत स्थानीय अभिनयमा साथ दिए काछन् भने उनीहरुलाई कार्लईस गुरुङ समाजका आमासमुह र इन्ट्रा फाउनदेसनका नृत्य प्रशिक्षार्थिले नृत्यमा साथ दिएका छन ।

अमेरिकामा नेपाली लोक भिडियो आफैमा ठुलो कुरा त्यसमा पनि सैयौको जनसंख्या समाबेश गरि लोक भिडियो निर्माण गर्नु आफैमा ऐतिहासिक कुरा हो । अमेरिकामा यति धेरै नृत्यकार तथा कलाकार समाबेश गरिएको यो पहिलो भिडियो हुन सक्ने एनआरएनए पेन्सलभेनिया च्याप्टरका उपाध्यक्ष तथा नृत्य प्रशिक्षार्थिका अभिभावक अभिषेक थापाको दावि छ ।

बिशेष गरि गुरुङ र हाल आएर नेपालीहरुकै पहिचानको रुपमा रहेको रोधि घरको चर्चा धेरै रहे पनि यसको बिशेषता बारे गीत नबनेकोले यसको चर्चा गर्दै गित निर्माण गरियको युनाईटेड गुरुङ सोसाईटि आफ अमेरिकाका उपाध्यक्ष यन.वि गुरुङले बताए ।

अमेरिकामा सबैको समय निकै कम रहेको र एकै दिनमा यस गीतको तिन शृंखला छायाँकन गर्न निकै मिहिनेत गर्नु परेता पनि सबैको सहायताले छायाँकन सफल भएकोले साथ,सहयोग र सुझावको लागि निर्देशक बिकास घले गुरुङले सबैलाई धन्यबाद दिएका छन् । र ,यसको तिनै शृंखला (युगल, महिला र पुरुष) लाई माया गरि दिन अनुरोघ गरेका छन् ।

प्रतिक्रिया