बाल्टिमोरमा चौथो बाना कप भलिवल अन्तरराज्य प्रतियोगिता हुदै ,बिजेतालाई ६ हजार डलर र उपविजेतालाई ३ हजार ५ सय डलर पुरस्कार

इनेप्लिज २०८१ जेठ १२ गते १६:२२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित छाता संगठन बाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना)ले चौथो अन्तरराज्य भलिवल प्रतियोगिता गर्ने भएको छ ।

बिगत बर्षहरुमा अत्यन्तै सफलताको साथ सम्पन्न गर्न सफल भएको बानाले उक्त प्रतियोगीतालाई निरन्तरता दिएको छ । प्रतियोगिता आगामी जुन ८ -९ शनिबार र आइतबारका दिन हुनेछ । अमेरिका भित्र बसोबास गर्ने नेपालीहरु बिच सद्भभाब एवम् खेलकुद विकासको उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिता दर्ता शुल्क ७०० डलर राखिएको छ भने प्रतियोगिता दर्ताको अन्तिम म्याद जुन १ ,२०२४ शनिबार सम्म समय रहेको छ । साथै साथमा उत्कृष्ट खेलाडी। अनुशासित खेलाडीलाई समेत पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।।

बिजेता टोलीले ६ हजार डलर नगद ,पदक तथा प्रमाणपत्रको साथै उप बिजेता टोलीले ३ हजार ५ सय डलर प्राप्त गर्नेछन् ।

कार्यक्रम स्थल गत बिगत बर्ष मै आयोजना गरिएको स्थान 8221 Preston Ct, Jessup, MD 20794 मा प्रतियोगिता हुने भएको छ ।

For Registration fee use BANA Zelle Address: [email protected]

Registration Link: https://forms.gle/BTTxjyzwAYME9Dyd8

प्रतिक्रिया