पपुवा न्युगिनीमा पहिरोमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अस्ट्रेलियाली सञ्चारमाध्यमले जनाएका छन् ।
अष्ट्रेलियाली सञ्चारमाध्यमले पपुवा न्यू गिनीको दुर्गम क्षेत्रमा रहेको एउटा गाउँ पुरिएको पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ । पहिरोमा परी शुक्रबार गएको हो भने आपतकालीन प्रतिक्रिया भइरहेको दक्षिण प्रशान्त टापु राष्ट्रका नेता र संचार माध्यमले बताएका छन्।
राजधानी पोर्ट मोरेस्बीबाट करिब ६०० किलोमिटर (३७० माइल) उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलाम गाउँमा बिहान ३ बजे पहिरो गएको अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन( प्रसारण सँस्थान)ले जनाएको छ।
त्यहाँका बासिन्दाहरूले मृत्यु हुनेको संख्या १०० भन्दा बढी भएको अनुमान गरे पनि अधिकारीहरूले त्यो संख्याको पुष्टि गरेका छैनन्। मृतकको संख्या धेरै हुन सक्ने गाउँलेहरुले बताएका छन् ।
प्रधानमन्त्री जेम्स मरापेले अधिकारीहरूले प्रतिक्रिया दिइरहेको र उनले उपलब्ध हुने वित्तिकै विनाश र जनधनको क्षतिबारे जानकारी दिने बताए।
“मलाई अवस्थाको बारेमा पूर्ण जानकारी हुन बाँकी छ। यद्यपि, म आज बिहानको पहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु, “मरापेले एक विज्ञप्तिमा भने।
सामाजिक सञ्जालमा भएका श्रब्यदृश्य (भिडियो)हरूमा बासिन्दाहरूले चट्टान र रूखमुनि गाडिएका शवहरू बाहिर निकालिरहेको देखाइएको छ।
पहिरोले पोर्गेरा र गाउँ बीचको बाटो अवरुद्ध भएको र शहरको इन्धन र सामानको आपूर्तिमा चिन्ता बढेको छ।
१ करोड (१० मिलियन)बसोबास भएको राष्ट्र अष्ट्रेलिया पछि सबैभन्दा जनसंख्या भएको दक्षिण प्रशान्त राष्ट्र पनि हो ।
पपुवा न्युगिनीमा दूरसंचार कमजोर छ । सरकारी तथ्याङ्क अनुसार देशभरका १.६६ मिलियन मानिसहरू मात्र अंतर्जाल अर्थात् सामाजिक संजाल (इन्टरनेट) प्रयोग गर्छन् र जनसंख्याको ८५% ग्रामीण क्षेत्रमा बस्छन्।
प्रतिक्रिया