इरानी पूर्व राष्ट्रपति राइसीलाई बिदाइ गर्दै शोक गर्नेहरूको ठूलो भीड तेहरानमा

इनेप्लिज २०८१ जेठ ९ गते ११:१८ मा प्रकाशित

इरानी पूर्व राष्ट्रपति इब्राहिम राइसीलाई बिदाइ गर्दै शोक गर्नेहरूको ठूलो भीड तेहरानमा जम्मा भएको छ ।

उदग्रबिमान( हेलिकप्टर) दुर्घटनामा मारिएका इरानी राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियान दुवैको अन्त्येष्टिमा भाग लिन र बिदाइ गर्न तेहरानको सडकमा लाखौं मानिस भेला भएका छन् ।

शोकाकुल भीडले इरानी झण्डा बोकेर इरानी राजधानीमा जुलुस सहित एकत्रित भएका छन् । गत आइतवारको उदग्रबिमानदुर्घटनामा मारिएका दिवंगत राष्ट्रपति राईसी, अमिर-अब्दुल्लाहियान र अन्य अधिकारीहरूको तस्बिरहरु बोकेर हिडेको सामाजिक संजालमा यत्र तत्र देखिएको छ ।

मंगलबार उनीहरुको शव पवित्र शिया शहर कोममा सारिएको थियो। मंगलबार साँझ शव राजधानी तेहरानको ग्रान्ड मोसल्लाह (प्रार्थना हल) मा लगिएको थियो ।

जुलुसमा हिड्ने मध्येहरुले राईसीको मृत्युको खबरले धेरै “स्तब्ध” र “दुःखी” भएको शोक गर्नेहरूले सिएनएनलाई बताए ।

राइसी “भगवानका शहीद” भन्दै कालो पृष्ठभूमि भएको झण्डा फहराएको छ ।

प्रतिक्रिया