इन्डोनेसियामा नेपालका प्रवीणलाई ‘क्लासी मोडल युनिभर्स’को उपाधि

इनेप्लिज २०८१ जेठ ९ गते १०:३८ मा प्रकाशित

काठमाडौँ । इन्डोनेसियाको बालिमा आयोजना भएको अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘क्लासी मोडल इन्टरनेशनल २०२४’मा नेपालका प्रवीण पाठकले ‘क्लासी मोडल युनिभर्स’को उपाधि हात पारेका छन् । प्रतियोगीतामा पुरुष तर्फको उपाधि पाठकले जित्दा महिला तर्फका ‘क्लासी मोडल युनिभर्स’ श्रीलंकाले हात पारेको थियो ।

बिभिन्न २० भन्दा बढी देशको सहभागीता रहेको प्रतियोगीतामा पाठकले मोष्टपपुलर र बेष्ट इन सेमी फरमल उपाधि समेत हात पारेका छन् ।

१५ देखि १९ मेसम्म आयोजना भएको प्रतियोगीता उनी नेपालको एक्लो सहभागी थिए । ‘मिस्टर नेपाल २०२३’ को उत्कृष्ट १० भित्र पर्न सफल उनी नेपालको एक्लो प्रतिनिधित्व हुन् ।

२९ बर्षका दमक झापा निवासी पाठकले मिष्टर नेपालको अलवा अन्य बिभिन्न प्रतियोगीतामा पनि सहभागी भएका छन् । पाठम पुर्वाञ्चल माबि दमकका निर्देशक हुन् । कार्यक्रममा पाठकले नेपाली बिभिन्न कलासंस्कृति सहितको बिभिन्न प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया