नागरिकता काण्डमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन ।
कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका सिरोहियालाई प्रहरीले पक्राउ गरेर जनकपुरतर्फ लगेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मी र डीएसपी अनिल घिमिरेको टोलीले सुरक्षासहित सिरोहियालाई सडक मार्ग हुँदै जनकपुर लगेका हुन् ।
थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयमा अध्यक्षको कार्यकक्षबाट प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
नागरिकता सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नुपर्ने भएकोले सिरोहियालाई पक्राउ गरिएको उनलाई प्रहरीले दिएको पक्राउ पुर्जीमा उल्लेख गरिएको छ ।
उनीविरुद्ध धनुषा जिल्ला अदालतले मंगलबार पक्राउ अनुमति दिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीमा सिरोहियाले दुईवटा फरक ॲकको नागरिकता प्रयोग गरेको जिकिर गरिएको छ ।
सिरोहियाले लिएको मध्येको एउटा नागरिकताको अॅक अर्को व्यक्तिको नागरिकता ॲकसॅग नमिले पछि भएको उजुरकर्ताले दाबी गरेका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा १७ वैशाखमा जाहेरी दर्ता भएको छ ।
रातोपाटीबाट
प्रतिक्रिया