‘म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४’का बिजेता अभिनव थापा थाइल्यान्डमा अन्तर्राष्ट्रिय पदक जित्ने प्रयासमा

इनेप्लिज २०८१ जेठ ७ गते ०:१८ मा प्रकाशित

म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि बिजेता अभिनव थापा अहिले थाईल्याण्ड पुगेका छन् ।

झन्डै ३ महिना अगाडी राजधानी काठमाडौँमा आयोजित म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण ‘म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४’ प्रतियोगीतामा थापाले उक्त उपाधि चुमे पछि नेपालको प्रतिनिधित्व गर्दै उनि थाईल्याण्ड पुगेका हुन् ।

नेपालको भएको प्रतियोगीतामा अभिनवले लोकप्रिय तथा व्यक्तित्व दुवैको उपाधि सम्म जित्न सफल भएका थिए । थाइल्याण्डको अयुथयामा आयोजना हुने म्यानहन्ट इन्टरनेशनल मेल सुपरमोडल २२ औं संस्करणको लागि थापाले नेपालको प्रतिनिधित्व गरि रहेका छन् । अभिनवले देशको प्रतिनिधित्व गर्दै पदक हासिल गर्न सक्दो प्रयास गरिरहेका छन् ।

उनले अहोरात्र मेहनत गरि रहेको र आफूले नेपाल र नेपालीको पहिचान बिश्वभर फैलाउन कुनै कसर बाकी नराख्ने उनले ईनेप्लिजलाई बताए ।

जनताको छनौट (पिपल च्वाइस)को लागि बिधुतिय मतदान( अनलाइन भोटिङ) शीर्ष १६ मा पुग्नको लागि एउटा प्रमुख कारक हो। नेपालले यस पटक यो पदक प्राप्त गरोस भन्ने चाहना राख्ने सबै नेपालीले मतदान गर्न आफूलाई मतदान गर्न समेत आह्वान गरेका छन् ।

आफू तालिममा व्यस्त रहेको भन्दै ३ करोड नेपालीको आशिर्वाद रहोस सबैलाई मतदानमा सहभागी हुन् अनुरोध गरेका छन् ।

Instagram: https://www.instagram.com/p/C6NR6VRS811/

Facebook: https://www.facebook.com/reel/1898997600557443

प्रतिक्रिया