इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको उदग्रबिमान (हेलिकप्टर) दुर्घटनाग्रस्त भएको सरकारी समाचार सँस्था(एजेन्सी)ले जनाएको छ ।
इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको उदग्रबिमान हेउत्तरी क्षेत्रको भ्रमण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको र उनको अवस्था अहिले अज्ञात रहेको इरानी सरकारी समाचार एजेन्सी(सँस्था) इर्नाले आइतबार जनाएको छ ।
विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियान पनि बोकेको विमान देशको पूर्वी अजरबैजान प्रान्तमा खसेको थियो । कुहिरोको कारण हालसम्म आपतकालीन टोलीहरू त्यहाँ पुग्न नसकिएको इर्नाले जनाएको छ। रैसीको उदग्रबिमान( हेलिकप्टर)को वास्तविक अवस्था के हो भन्ने खुल्न नसकेको सिएनएनले जनाएको छ ।
“राष्ट्रपतिको उदग्रबिमान सम्बन्धमा यस घटनाको शुरुवातदेखि नै रेड क्रिसेन्ट सहायता बल ,सहायक सेना र कानून प्रवर्तन बलहरूले उदग्रबिमानको खोज्न व्यापक प्रयास गर्न थालेका छन्,” सरकारी समाचार एजेन्सी तस्निमले समाचारमा उल्लेख गरेको छ ।
तीनवटा उदग्रबिमान रक्षाको लागि लागिएको थियो। तीमध्ये दुईवटा उदग्रबिमानमा मन्त्री र अधिकारीहरु सवार थिए, जो सुरक्षित गन्तव्यमा पुगेका थिए ।
आइतबार दुर्घटनाग्रस्त भएको क्षेत्रमा २० उद्धार टोली र मानव रहित यान (ड्रोन)पठाइएको छ ।
राष्ट्रपति रैसी चढेको उदग्रबिमान आइतबार दुर्घटनाग्रस्त भएको स्थान निकै कुहिरो भएकोले उद्धारकर्ताहरूलाई खोजी गर्न गाह्रो भएको इरानी स्वास्थ्यमन्त्री बहराम इनोल्लाहीले बताए।
“हामीले उपचार सुविधाहरू स्थापना गरेका छौं। हामी अहिले उक्त क्षेत्रमा छौं र सबै उद्धारकर्मीहरू खोजीमा व्यस्त छन्,” इनोल्लाहीले आइतवार सरकारी दूरदर्शनमा भने। “हामीले आकस्मिक औषधि, शल्यक्रिया र रुग्ण वाहिणी (एम्बुलेन्स )सहित सबै चिकित्सा सुविधाहरू तैनाथ गरेका छौं।”
प्रतिक्रिया