अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा हुने आगामी जुलाई १९-२१ सम्म हुने एएनए सम्मेलनको लागि ४१ बर्षको इतिहासमा पहिलो पटक सम्मेलन संयोजकमा महिलालाई मनोनयन गरिएको छ ।
क्यालिफोर्निया राज्यमै बसोबास गर्ने चीर परिचित महिला सामाजिक अभियन्ता क्रान्ति अर्याल भण्डारी महिला सम्मेलन संयोजकमा नियुक्त भएकी छिन । सन् १९८३ मा स्थापित द एसोसिएसन अफ नेपलिज इन अमेरिकाज (एएनए)ले गत मे १४ मंगलबारका दिन आयोजना गरिएको जुम(परोक्ष) बैठकमा उनको नाम घोषणा गरिएको हो ।
स्थापना काल देखि सदैव पुरुष नै पुरुष सम्मेलन संयोजकमा नियुक्त हुने गरेकोमा ४ दशक पछि यो क्रम तोडिएको छ । बैठकमा उनले उक्त जिम्मेबार स्वीकार गर्दै सम्मेलनको लागि बिभिन्न समितिहरुको घोषणा गरिन ।
आगामी जुलाई १९ -२१ का दिन सान फ्रान्सिस्कोमा हुने सम्मेलनको तयारी तथा अन्य विविध बिषयमा सार्वजनिक रुपमा जानकारी दिने उद्धेश्यले यो जुम बैठकको आयोजना गरिएको थियो । उक्त बैठकमा अध्यक्ष खगेन्द्र अधिकारी ,पूर्व अध्यक्षहरु ,संस्थापक अध्यक्ष लगायत सम्मेलन आयोजक समितिका बिशेष व्यक्तित्व लगायत आमन्त्रित सदस्य तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।
सहभागी मध्ये सम्मेलनको तयारी र अन्य विविध बिषयमा बोलेका थिए । अध्यक्ष अधिकारीले बैठकमा एएनएन सम्मेलनमा आर्थिक पक्षलाई समेट्दै बिशेष ध्यानाकर्षण गर्दै महत्वपूर्ण कुराहरु राखेका थिए ।
पूर्ण समाचार तथा बिस्तृत जानकारी हामी छिटै लिएर आउने छौ ।
प्रतिक्रिया