लगभग ४५०,००० प्यालेस्टाइनीहरू रफाहबाट भागे : संयुक्त राष्ट्र संघ

इनेप्लिज २०८१ जेठ २ गते ०:१२ मा प्रकाशित

नजिकैको पूर्वमा प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रको राहत कार्य सँस्था (युएनआरडब्लुए)का अनुसार लगभग ४५०,००० प्यालेस्टाइनीहरू रफाहबाट विस्थापित भएका छन् । उनिहरु सुरक्षित ठाउँमा भागिरहेको युएनआरडब्लुएले जनाएको छ ।

रफाहको भित्री भाग अहिले भूतको शहर (खण्डहर) भएको छ। एक साता अघि मात्र यहाँ १० लाख भन्दा बढी मानिसले आश्रय लिएका थिए भन्ने विश्वास गर्न गाह्रो छ, युएनआरडब्लुएका प्रवक्ता लुइस वाटरिजले भने।

उनले अगाडी भने मानिसहरूले निरन्तर थकान, भोक र डरको सामना गरिरहेका छन्। कतै सुरक्षित छैन । तत्काल युद्धविराम एउटै मात्र आशा हो।

मङ्गलबार उत्तरी र दक्षिणी गाजामा हवाई हमला जारी रहँदा यसरी भाग्नु परेको हो । इजरायली सेनाले पछिल्लो २४ घण्टामा १२० वटा लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।

प्रतिक्रिया