मानव अधिकार समूहद्वारा इजरायलले सहायताकर्मीहरूको ज्ञात स्थानहरूमा आक्रमण गरेको आरोप लगाएको छ ।
ह्युमन राइट्स वाच (एचआरडब्लु) का अनुसार इजरायली सेनाले गाजामा अक्टोबर ७ देखि कम्तीमा ८ पटक सहायताकर्मीहरूको ज्ञात स्थानहरूमा आक्रमण गरेको छ।
एचआरडब्लुले मंगलबार जारि गरेको एक प्रतिवेदनमा आठ आक्रमणमा दुई बालबालिका सहित कम्तीमा १५ जना मानिसहरुको भएको छ। इजरायली अधिकारीहरूले आक्रमण गर्नुअघि कुनै पनि राहत संस्थाहरूलाई अग्रिम चेतावनी दिएनन्, एचआरडब्ल्यूले आरोप लगाएको छ ।
इजरायली सरकारलाई हतियार उपलब्ध गराउन जारी राख्ने सरकारहरूले युद्ध अपराधमा संलग्नताको जोखिम बढाउँछन्, “एचआरडब्ल्यूले बिज्ञप्तिमा जनाएको छ ।
११ मानवीय संस्था र गाजाका संयुक्त राष्ट्र सँस्थाका कर्मचारीहरूले एचआरडब्लुलाई सहायता कार्यकर्ताहरूमाथि इजरायली आक्रमणले “उनीहरूलाई विभिन्न उपायहरू लिन बाध्य तुल्याएको सिएनएनले जनाएको छ । संयुक्त राष्ट्रसंघले अक्टोबर देखि गाजामा २५४ सहायताकर्मी मारिएको जानकारी दिएको छ।
“इजरायली अधिकारीहरूले जानाजानी पानी, खाना र इन्धनको हस्तान्तरणमा रोक लगाएका छन्, जानाजानी मानवीय सहायतामा बाधा पुर्याइरहेका छन्, स्पष्ट रूपमा कृषि क्षेत्रहरू भत्काइरहेका छन्, र नागरिक जनसंख्यालाई यसको अस्तित्वको लागि अपरिहार्य वस्तुहरूबाट वञ्चित गरिरहेका छन्।” बिज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया