अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा स्थापित मनासस नेपाली फुटवल क्लव( भकुण्डो टोली)ले बनभोजको आयोजना गर्ने भएको छ ।
लामो समय देखि भकुण्डो (फुटवल )क्षेत्रमा सक्रिय रहदै आएको मनासस नेपाली फुटवल क्लव(सकर)ले यही आउँदो आइतबार मे १९ का दिन रमाइलो बनभोज तथा वृहत भेलाको आयोजना गर्ने भएको ईनेप्लिजलाई जानकारी गराएको छ ।
बनभोज कार्यक्रम विहान ८ वजे देखि बेलुका ५ बजेसम्म हुनेछ। विशेषत मनासस क्षेत्रमा रहँदै आएका भकुण्डोप्रेमी नेपालीहरुलाई समेट्दै स्थापना भएको यस क्लबले गर्न लागेको यो पहिलो बनभोज कार्यक्रम हो ।
उक्त कार्यक्रमले आपसी मेलमिलाप, भातृत्व प्रेम तथा भावी दिनहरुमा अझ सशक्त भएर जान थप कार्य योजना बनाउने समेत क्लबले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा मनासस भकुण्डो (फुटबल -सकर)क्वललाई विभिन्न समयदेखि सहयोग गर्दै आएका भविभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया