गए राती सपनामा तिम्रो तस्बिर देखे,
त्यही मुन्डाघरको झ्यालमा,देखे,
मकै वारि साग बारिको सम्झना आयो,
गाई दुधा खुट्टाले हानेको सम्झिए,
आमा!म झसङ्ग हुँदै जुरुक्क उठे ।
करबिरको फुल,आँप कटहर लिच्चिका बिरुवा
भान्सा घर छेउको ठूलो पानी टंकी ,
त्यो फराकिलो भान्सा घरमा,
लामो लस्कर लागेर भात खाएको,
तिमिले मासु माढेको सम्झिए,
आमा! चार थोपा आँसु तरक्क झरे ।
फुल एकपल्ट फुलेर झरेपछी,
मान्छे एकपल्ट जन्मिएर मरेपछी,
फेरि अर्को जन्म हुने रहेनछ ।
यो सत्य दिलमा राखी चित्त बुझाए ।
आमा!मकै पोलेको भात भुटेको,
भुल्न नसक्ने बनाएर छोडेर गयौ।
हिजो बिहान उठने बेला सपनामा,
अचेत जस्ती भएर भित्तामा झुन्डिएको,
मेरो तस्बिर छुदै आँसु झारेको देखे,
म एकपल तिमी बाट टाढा हुदा,
रुदै कराउदै गाउँ चाहार्ने तिमि ,
आमा! दैबको खटन टारेर बचाउन सकिन ।
आमा! तिम्रो लागि मित्यु भन्दा ,
अर्को सत्य खोज्ने मन थियो ।
सकिन आमा दैबलाइ रोक्न,
आखिरी पुराउनु पर्यो कोशी घाटमा ।
धेरै प्रश्न उब्जिएका थिए मनमा,
आफै भित्र दबाएर रुन सकिन ।
रहरको सहर काठमाडौ पुगे,
हास्न कहिले सकिन म आमा ।
तिमी लाई केही कुरा भुन्नु थियो,
सपनामा खोजी हिडे भेटन सकिन,
आमा!मेरो लागि जुन दिन खास हुन्छ,
त्यो बिश्वासँघाती बाबू जुठे,
त्यो लुटेरा छोरो सुठेको सर्बनास हुन्छ।
पर्खिएर बस आमा तिमी मुन्डा घरमा,
ती रुदै आउने छन तिम्रो समिपमा ।
तिमी सग सुन्दर्ता को प्रतिस्पर्धा गर्न,
जुन तारा डराएर बादल भित्र पसेर,
चादनी रात औसिको रात झै पार्थे,
आमा! म पनि तिम्रो अनुहार हेर्न आज
माता तिर्थ औसिको रात कुरेर बसेको छु
खगेन्द्र प्रसाद आचार्य
दुर्गा नगर बिकास समाज
प्रतिक्रिया