अमेरिकाको न्यू मेक्सिकोको दुई महिलाको हत्यापछि अपहरणमा परेकी १० महिनाकी बालिका जीवित फेला

इनेप्लिज २०८१ वैशाख २४ गते १८:३७ मा प्रकाशित

अमेरिकाको न्यू मेक्सिकोको दुई महिलाको हत्यापछि अपहरणमा परेकी १० महिनाकी बालिका जीवित फेला परेको प्रहरीले जनाएको छ ।

 न्यू मेक्सिकोको क्लोभिस नजिकैको उधानबाट( पार्क) अपहरण गरिएको एक शिशु बालिका सुरक्षित फेला पारिएको छ । 

साथै एक संदिग्धलाई हिरासतमा लिईएको प्रहरी बिभागले बताएको छ ।

क्लोभिस प्रहरीले १० महिनाकी एलिया मारिया टोरेसलाई जॅाचको लागि क्लोभिस क्षेत्रको अस्पतालमा लगिएको बताएको छ।

अन्य कुनै जानकारी तत्काल उपलब्ध नभएको सिविएसन्यूजले जनाएको छ । न्यू मेक्सिको राज्य प्रहरीले गत शुक्रबार अलिक ढिलो बच्चाको लागि एम्बर अलर्ट (सावधानी चेतावनी )जारी गरेको थियो।

अधिकारीहरूले अझै पनि दुई महिलाको मृत्युको अनुसन्धान गरिरहेका छन् जसको शव शुक्रबार एक उधानमा फेला पारिएको थियो ।

प्रहरीले मृत्यु हुनेमा सामन्था सिस्नेरोस र ट्यारिन एलेन भएको पुष्टी गरेको छ । घटनामा एक ५ वर्षीया बालिकाको पनि टाउकोमा गोली लागेको अधिकारीहरूले बताएका छन । तर उनको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया