अमेरिकाको लुजियाना कारागारबाट भागेका ४ मध्ये २ कैदी अझै फरार ,दुई कैदी पक्राउ

इनेप्लिज २०८१ जेठ १४ गते २२:४१ मा प्रकाशित

अमेरिकाको लुजियाना कारागारबाट भागेका ४ कैदीहरु मध्ये २ कैदी अझै फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ४ मध्ये दुई कैदीलाई पक्राउ गरिएको छ । फरार रहेका दुई कैदीहरु हिरासतमा रहेको प्रहरीले बताएको छ ।

लुजियाना प्रहरीले भागेका चार कैदीहरू मध्ये दुई जनालाई सोमबार पक्राउ गरेको बताए । प्रहरीले बताए अनुसार १९ बर्षिय ओमारिओन हुकफिन ,१९ बर्षिय एभरी गाइड्री ,२० बर्षिय जामार्कस साइप्रियन तथा २१ बर्षिय ट्राभोन जोन्सन रहेका थिए ।

टाङ्गिपाहोआ पेरिस कारागारमा थुनिएका २० वर्षीय जामार्कस साइप्रियन र २१ वर्षीय ट्राभोन जोन्सन शनिबार र आइतवार कारागारको सिक्रीले जोडिएको बारको कमजोर भागबाट भागेको टाङ्गिपाहोआ पेरिस सेरिफको कार्यालयका प्रमुख जिमी ट्राभिसले सोमबार एक पत्रकार सम्मेलनमा पत्रकारहरूलाई बताए।

ट्राभिसले भने कारागारका अधिकारीहरूले भागेका मध्ये एकको परिवारको सदस्यबाट आइतवार दिउँसो दूरभाष (फोन कल) प्राप्त नगरेसम्म भागेको बारेमा थाहा नभएको जनाए । आफन्तले उनीहरूलाई सचेत गराउदै दुई कैदीहरू शनिबार भागेका र मध्यरातमा आफन्तको घरमा बस्ने ठाउँ खोज्दै आएको ट्राभिसले पत्रकारहरुलाई जानकारी दिए ।

प्रमुखका अनुसार कारागारका कर्मचारीले कारबाही गर्दा अन्य दुई जना कैदी भागिसकेका थिए।

लुजियानाको ह्यामन्डमा २०२२ मा भएको हत्याको आरोपमा पक्राउ परेका ती जोडी कारागारबाट करिब २२ माईल टाढा रहेको डलर जनरल स्टोर( पसल)को पछाडि एउटा फोहोर मैला राख्ने भाडो (डम्पस्टर)मा लुकेका थिए ।

हुकफिन, जसलाई २०२२ को हत्याको सम्बन्धमा पनि गिरफ्तार गरिएको थिए । साइप्रियन जो सशस्त्र डकैती र हतियारको आरोपमा समय बिताइरहेका थिए।

एबिसीन्यूजका अनुसार प्रहरीले अनुसन्धान अझै जारी राखेको र अन्वेषकहरूले सबै प्रमाण र सुरागहरूको समीक्षा गरिरहेको जनाएको छ । प्रहरी प्रमुखले कारागारमा कर्मचारी अभाव भएको र केही कर्मचारी अनुभवहीन भएको स्वीकार गरे ।

ट्राभिसले भने, “हामी असफल भएका छौ र हामीले सच्याउनु पर्छ र अगाडि बढ्नु पर्छ।”

तस्बिर कृतज्ञता : टाङ्गिपाहोआ पेरिस शेरिफ कार्यालय

प्रतिक्रिया